शुभकामना आदानप्रदान तथा स्वागत कार्यक्रम सम्पन्न  - News site from Nepal
शुभकामना आदानप्रदान तथा स्वागत कार्यक्रम सम्पन्न 
पर्वत- नेपालीहरुको महान पर्व बडादशै, दिपावली, छठ लगायतका चापर्वहरुको अवसरमा कुश्मामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
पर्वत उद्योग बाणिज्य संघद्धारा आयोजित कार्यक्रममा शुभकामना आदानप्रदान सँगै विभिन्न कार्यालयमा नवआगन्तुक प्रमुखहरुलाई पनि स्वागत गरिएको छ । प्रहरी नायब उपरिक्षक रविन बिष्ट, जिल्ला समन्वय अधिकारी किरण पौडेल र कुश्मा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेत्र पौडेललाई स्वागत गरिएको हो ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम विकले समग्र जिल्लाको विकासका लागि सरकारी निकायहरुले निजि क्षेत्रसँग समन्वय र सहकार्य गरेर अघि बढ्नुपर्ने धारणा राख्नुभएको छ । सरकार एक्लै हिडेर कुनैपनि क्षेत्रको विकास गर्न नसक्ने बताउँदै निजि क्षेत्रलाई साथमा लिएर अघि बढनुपर्ने बताउनुभयो । पछिल्लो समय खस्किएको मुलुकको अर्थतन्त्र अझै लयमा आउन नसकेको भन्दै विकले विकास र समिद्धिका लागि सवै एकजुट हुनुपर्ने बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले चाडवाडको बेला जिल्लामा आउनसक्ने समस्यालाई मध्यनजर गर्दै सुरक्षा योजना निर्माण गरिएको बताउनुभयो । उहाँले जिल्लाको समग्र शान्ति सुरक्षा प्रभावकारी रहेको भन्दै ढुक्क भएर चाडवाड मनाउन आग्रह गर्नुभयो । उहाँले उद्योगी व्यावसायीहरुले पनि सर्वसाधारणलाई असुविधा हुनेगरी गैरकानूनी रुपपा व्यापार व्यावसायन नगर्न अनुरोध गर्नुभएको छ ।
नवआगन्तुक प्रहरी नायब उपरिक्षक  रविन विष्टले जिल्लाको समग्र शान्ति सुरक्षालाई मजबुत बनाउनका लागि र पर्वतवासीहरुलाई शान्तिसुरक्षाको प्रत्याभुति दिलाउन आफु अहोरात्र खटिने बताउनुभयो । नागरिकहरु समेत स्वयं बर्दिबिनाको प्रहरी रहेकोले उहाँहरुले पनि समाजमा शान्ति सुरक्षा काम गर्नका लागि प्रहरीलाई आवश्यक सहयोग गर्न आग्रह गर्नुभयो । चाडवाडको बेला दुर्घटना, चोरीडकैती  जस्ता अपराधिक क्रियाकलापहरु बढ्न सक्ने भएकाले सवै नागरिकहरुले आवश्यक सतर्कका र संयमित भएर चाडवाड मनाउन आग्रह गर्नुभयो ।
कुश्मा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेत्र पौडेलले नगरको विकासका लागि निजि क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो । उहाँले नगरको विकासका लागि निजि क्षेत्रले पनि सहयोग गर्नुपर्नेमा जोड दिँदै नगरपालिकाका सेवाहरुलाई व्यावसायीसँगै आम नागरिकमैत्री बनाउँदै लैजाने बताउनुभयो ।
कमार्यक्रममा जिल्ला समन्वय अधिकारी किरण पौडेल, नेपाली काँग्रेसका जिल्ला उपसभापति शिव सुवेदी, नेकपा एमालेका जिल्ला अध्यक्ष गोविन्द पहाडी, माओवादी केन्द्रका नेता शंकर गिरी, समाजसेवी पृथ्वीनारायण शर्मा, सरिता भण्डारी लगायतले बोल्नुभएको थियो ।
पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुरवि पौडेलको अध्यक्षता तथा स्वागतमा सम्पन्न कार्यक्रममा पुर्व अध्यक्ष  गाेपि अधिकारीले धन्यवाद मन्तव्य र संचालन महासचिब खड्गप्रसाद खनालले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!