पर्वतको अर्मादीमा बस र एम्वुलेन्स ठोक्किदा तीन जना घाईते, एक गम्भीर  - News site from Nepal

पर्वत १९ भदौ ः  पर्वतको कुश्मा नगरपालिका वडा नं. ४ घुम्ति स्थित मध्यपहाडी लोकमार्गको कुश्मा–बागलुङ खण्डमा यात्रुबाहक बस र एम्बुलेन्स ठोक्किदा तीन जना घाईते भएका छन् ।

बुधवार दिउँसो नारायणगढवाट बागलुङतर्फ जाँदै गरेको बा. प्र ०६–००१ ख ०३०० नम्वरको बस र म्याग्दीबाट पोखरा जाँदै गरेको जलजला गाउँपालिका पर्वतको ग१झ ६९५ नम्वरको एम्बुलेन्स ठोक्किएका हुन् ।
घाईते हुनेमा एम्बुलेन्समा सवार कुश्मा नगरपालिका वडा नं. १ की ४५ वर्षिया भगवती क्षेत्री, ४९ वर्षिया केशरी अधिकारी, र ५२ वर्षिया गिता कुमारी क्षेत्री रहेको प्रहरीले जनाएको छ । घाईते मध्ये भगवती क्षेत्रीको अवस्था गम्भिर रहेको छ । उहाँलाई थप उपचारका लागि पोखरा पठाईएको र अन्य दुई जनाको पर्वत अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
पर्वतको जलजला गाउँपालिका वडा नं. ७ की ५५ वर्षिया महिला बिरामी भई पोखरा लैजाने क्रममा  दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरिक्षक खुमलाल भुषालले जानकारी दिनुभयो ।
दुईवटै सवारीसाधन र सवारी चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । घटनाको थप अनुसन्धान भैरहेको डिएसपी भुसालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!