पर्वतको फलेवासमा १५ दिने मिनिटेलर मर्मत तालिम सम्पन्न - News site from Nepal
पर्वतको फलेवासमा १५ दिने मिनिटेलर मर्मत तालिम सम्पन्न

रामचन्द्र भुसाल
पर्वत –  फलेवासमा १५ दिने मिनिटेलर मर्मत तालिम सम्पन्न भएको छ । पछिल्लो समय हाते ट्याक्टर तथा मिनिटेलरको प्रयोग बढ्दै गएको समयमा त्यसमा देखा पर्ने समास्याको समाधानका निम्ति सहयोग पुग्ने उद्धेश्यका साथ सञ्चालन गरीएको तालिम सोमबार सम्पन्न भएको हो । व्यवसायिक तथा सिप विकास तालीम केन्द्र पर्वतको आर्थिक वर्ष २०८०÷०८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार उक्त तालिम सञ्चालन गरीएको थियो ।
फलेवास नगर स्तरीय कृषि संजालको पहलमा उपलब्ध तालिममा फलेवास नगरपालिकाका १० वटा वडामा रहेका किसानहरुलाई सहभागि गराईएको सञ्जालका अध्यक्ष विनोद भुसालले जानकारी दिनुभयो । तलिममा फलेवास नगरपालिका भित्रका २१ जना किसानहरु सहभागि भएका थिए । कार्यक्रममा बोल्दै फलेवास नगरपालिकाका नगरप्रमुख गंगाधर तिवारीले अहिलेको परीवेस अनुसारको प्रविधिक तालिममले सहभागिहरुलाई ठुलो सहयोग पुग्ने बताउँदै उहाँहरुलाई सिकेको सिपको प्रयोग गरी व्यवसायिक बन्नुपर्नेमा जोड दिँदै मिनिटेलर मर्मतको लागि आवश्यक पर्ने टुल्सहरुको नगरपालिकाले सहयोग स्वरुप उपलब्ध गराउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै व्यवसायिक तथा सिप विकास तालीम केन्द्र पर्वतका प्रमुख मोहनचन्द्र सुवेदिले सहभागिहरुले दिएको प्रतिक्रिया अनुसार तालिम निकै फलदायि भएको भन्दै किसानहरुलाई यस्ता खाले अन्य थुप्रै सिपमुलक तालिमहरु सञ्चालन गर्नको निम्ति पहल गर्नुपर्ने बताउनुभयो । उहाँले आजको युगमा साधन हुने तर त्यसलाई सहि तरिकाले प्रयोग गर्ने सिप नभएमा आफु पछि पर्ने कुराको स्मरण गराउँदै, सिकेको सिपको भरपुर प्रयोग गरी आफ्नो गाउँठाउँमा दक्ष प्राविधिक भएर काम गर्न सक्ने क्षमताको विकास गर्न अग्रह गर्नुभयो । सथै उहाँले सम्पुर्ण सहभागि तथा प्रशिक्षकलाई धन्यवाद ज्ञापन गर्दै समस्या आएको ठाँउमा सेवा गरेर मेवा लिन पनि अनुरोध गर्नुभयो ।
कार्यक्रमममा सहभागि सिप विकास तालीम केन्द्र पर्वतका लेखापाल नेत्र प्रसाद रेग्मिले पनी उक्त तालिमले प्रशिक्षार्थीहरुमा देखिएको उमंगले आफुहरुमा थप काम गर्ने उर्जा सिर्जना भएको भन्दै यस्ता खाले तालिमहरुलाई निरन्तरता दिन प्रयासरत रहने विश्वास दिलाउनुभयो ।
कार्यक्रममा बोल्दै फलेवास नगरस्तरीय कृषि सञ्जालका अध्यक्ष विनोद भुसालले संजालको पहलमा सञ्चालन भई सम्पन्न भएको कार्यक्रमले मिनिटेलर मर्मत गर्न सक्ने क्षमता प्रदान गर्नुका साथै उहाँहरुलाई स्वदेशमै स्वरोजगार हुने वातावरण सिर्जना भएको भन्दै खुसि व्यक्त गर्नुभयो । कार्यक्रममा बोल्दै फलेवास नगरपालिकाका कृषि अधिकृत केदार शापकोटाले हरेक किसानहरुको सुखदुखमा आफ्नो साखाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै सिकेको सिपलाई प्रयोगमा ल्याउन अनुरोध गर्नुभयो । तालिमको सहकर्ता प्रशिक्षक विकास श्रेष्ठका अनुसार सहभागि किसानहरुले मिनिटेलरको सहि ढंगबाट प्रयोग गर्ने तरीका र त्यसको मर्मत सम्भार गर्ने, विग्रिएको ठाँउ फेला पारी त्यसको सास्या समाधान गर्ने लगायतका विषयमा धेरै कुराहरु सिकिसकेको भन्दै अवका दिनहरुमा उहाँहरुले समस्यासंग जुध्न सक्ने क्षमताको विकास गरेको बताउनुभयो ।
सहभागिहरुले प्रविधिक तथा सैद्धान्तिक रुपमा मिनिटेलर मर्मत गर्ने तालिमले आफुहरुको आवश्यकता पुर्ती हुनेमा विश्वास ब्यक्त गर्दै खुसिसाथ आफ्ना अनुभवहरु आदानप्रदान गर्नुभएको थियो । तालिममा सहभागि सम्पुर्ण किसानहरुलाई प्रमाणपत्र प्रदान गरीएको थियो ।
व्यवासायिक तथा सिप विकास तालिम केन्द्र पर्वतका प्रमुख मोहन चन्द्र सुवेदिको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमकोल सञ्चालन फलेवास नगरपालिका कृषि शाखाका कर्मचारी सागर लामिछानेले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!