पर्वतका सांसद पदम गिरीद्धारा दोस्रोपटक मन्त्रीको सपथ ग्रहण  - News site from Nepal
पर्वतका सांसद पदम गिरीद्धारा दोस्रोपटक मन्त्रीको सपथ ग्रहण 
पर्वत- पर्वतवाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद पदम गिरी प्रचण्डको नेतृत्वमा रहेको सरकारमा सहभागि हुनुभएको छ ।
सोमवार विकास भएको नयाँ गठवन्धनमा नेकपा एमालको तर्फवाट सांसद गिरी दोस्रो कार्यकालका लागि मन्त्री बन्नुभएको हो । उहाँले केहि बेर अघि राष्ट्रपिति रामचन्द्र पौडेलसँग पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ ।
 पहिले ४२ दिन स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हालीसक्नुभएका गिरीले यसपटक कुन मन्त्रालय पाउने भन्ने टुंगो लागिसकेको छैन । श्रोतका अनुसार गिरीलाई गृहमन्त्री बनाउने चर्चा रहेको छ । मन्त्रालय भागवण्डा नटुगिंएका कारण बिना विभागिय मन्त्रीको रुपमा गिरीले सपथ ग्रहण गर्नुभएको हो ।
गिरीसँगै माओवादी केन्द्रका केन्द्रीय सदस्य हितबहादुर तामाङ र रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले मन्त्री पदको शपथ लिएका हुन् । शपथ लिने तीनै जना प्रतिनिधिसभाका सांसदहरू पूर्वमन्त्रीसमेत हुन् । ४७ वर्षीय गिरी पर्वत क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । उनी २०७९ पुसमा पुष्पकमल दाहाल नेतृत्वको सरकारमा करिब दुई महिना स्वास्थ्य तथा जनसंख्यामन्त्री थिए ।
त्यतिबेला एमाले-माओवादी गठबन्धन टुटेर कांग्रेस-माओवादीले सत्ता साझेदारी गरेपछि उनी मन्त्रीबाट बिदा भए । मानविकीमा स्नातकोत्तर गरेका उनी पर्वत कुश्माका स्थायी बासिन्दा हुन् । २०४७ मा काफलचौर माविबाट अनेरास्ववियूमा संगठित हुदैं उनले राजनीति सुरु गरेका थिए । २०५५ यता पृथ्वीनारायण क्याम्पस पोखराको स्वतन्त्र विद्यार्थी युनियनको सदस्य हुदैं सभापति समेत चुनिएका थिए । गिरी हाल एमाले केन्द्रीय सदस्य छन् । २०७४ सालको निर्वाचनमा पनि उनी पर्वत-१ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । २०७९ मंसिरमा पुनः निर्वाचित भएपछि उनी एमालेको तर्फबाट संसद्मा प्रमुख सचेतको भुमिका छन् ।
यसैगरी आज विस्तारित तीन सदस्यीय मन्त्री मण्डलमा माओवादी केन्द्रका केन्द्रीय सदस्य हितबहादुर तामाङ र रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले मन्त्री पदको शपथ लिएका हुन् । शपथ लिने तीनै जना प्रतिनिधिसभाका सांसदहरू पूर्वमन्त्रीसमेत हुन् । ४७ वर्षीय गिरी पर्वत क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । उनी २०७९ पुसमा पुष्पकमल दाहाल नेतृत्वको सरकारमा करिब दुई महिना स्वास्थ्य तथा जनसंख्यामन्त्री थिए ।
त्यतिबेला एमाले-माओवादी गठबन्धन टुटेर कांग्रेस-माओवादीले सत्ता साझेदारी गरेपछि उनी मन्त्रीबाट बिदा भए । मानविकीमा स्नातकोत्तर गरेका उनी पर्वत कुश्माका स्थायी बासिन्दा हुन् । २०४७ मा काफलचौर माविबाट अनेरास्ववियूमा संगठित हुदैं उनले राजनीति सुरु गरेका थिए । २०५५ यता पृथ्वीनारायण क्याम्पस पोखराको स्वतन्त्र विद्यार्थी युनियनको सदस्य हुदैं सभापति समेत चुनिएका थिए । गिरी हाल एमाले केन्द्रीय सदस्य छन् । २०७४ सालको निर्वाचनमा पनि उनी पर्वत-१ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । २०७९ मंसिरमा पुनः निर्वाचित भएपछि उनी एमालेको तर्फबाट संसद्मा प्रमुख सचेतको भुमिका छन् ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य रहेका नवनियुक्त मन्त्री तामाङ २०६६ सालमा झलनाथ खनाल नेतृत्वको सरकारमा युवा तथा खेलकुद मन्त्री थिए । ६० वर्षीय उनी नुवाकोट पञ्चकन्याका हुन् । नुवाकोट क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित उनले एसएलसीसम्मको शैक्षिक योग्यता हासिल गरेका छन् ।
२०३६ सालदेखि विद्यार्थी आन्दोलनमा सहभागी हुँदै उनी २०३९ मा अनेरास्ववियूका नुवाकोट जिल्ला सचिव बनेका थिए । २०४७ मा नेकपा चौथोको महाधिवेशनको सदस्यता प्राप्त गरेका थिए भने २०५२ सालमा सशस्त्र विद्रोहको घोषणा गर्दा उनी माओवादीका जिल्ला सचिव थिए । २०५८ सालमा केन्द्रीय सदस्य बनें । शान्ति प्रक्रियामा आएपछि २०६३ मा अन्तरिम व्यवस्थापिकाका सदस्य चुनिएका थिए । २०७४ र २०७९ मा पनि उनी प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीबाट बिदा भएको १३ महिनामा रास्वपा उपसभापति डोलप्रसाद अर्याल पुनः बिनाविभागीय मन्त्री नियुक्त भएका छन् । ४९ वर्षीय धादिङवासी अर्याल समानुपातिक कोटाबाट २०७९ मा प्रतिनिधिसभाको सदस्य चुनिएका थिए । पर्यटन र विप्रेषणको क्षेत्रमा दुई दशकदेखि सक्रिय उनी स्थापना कालदेखि नै पार्टी सभापति रवि लामिछानेको सहयात्री भएर सक्रिय छन् । राजनीतिमा सक्रिय हुनुअघि पर्यटन र विप्रेषणको क्षेत्रमा दुई दशकदेखि सक्रिय थिए ।
वैदेशिक रोजगारबाट फर्केपछि उनी पर्यटन, सहकारी, रेमिटेन्स र समाजसेवाको क्षेत्रमा क्रियाशील थिए । पार्टी सभापति लामिछाने २०७९ माघमा गृह मन्त्रालयबाट बाहिरिएपछि अर्यालसहित रास्वपाका मन्त्रीहरूले पुष्पकमल दाहाल नेतृत्वको सरकारबाट हटेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!