सञ्चारकर्मि तथा पत्रकार रामचन्द्र भुसालको उडने चरी बोलको मौलिक लोक दोहोरी गित सार्वजनिक ।। - News site from Nepal

पर्वत – सञ्चारकर्मि तथा पत्रकार रामचन्द्र भुसालको मौलिक रत्यौली गित सार्वजनिक भएको छ ।
नेपाली लोक संगितको बजारमा गाउँघरमा गाईने रत्यौली भाकालाई आधार बनाएर तयार पारीएको गित न्यु अन्जना डिजिटल प्रा.लि. र्मार्फत अर्जुन पन्त युट्युव लच्यानलद्धारा शुक्रबार सार्वजानिक गरीएको हो ।
गायक भुसाल विगत १२ वर्षदेखि पर्वतका विभिन्न सञ्चार माध्यममा आवद्ध भई काम गर्दै आएका एक जुझारु पत्रकार संगै, आवाजमा मोहनी भएका एक कुसल सञ्चारकर्मि तथा उत्कृष्ट उद्घोषक पनी रहेका छन् । २०५० सालमा पर्वतको शंकरपोखरीमा जन्मिएका भुसालले माध्यमिक तहसम्मको शिक्ष आफ्नै गाउँमा हासिँल गरेका थिए भने व्याचलर लेभलको शिक्ष सदरमुकाम कुश्माको गुप्तेश्वर बहुमुखि क्याम्पस कुश्माबाट हाँसिल गरेका थिए । २०६८ सालदेखि रेडियो शालिग्राममार्फत सञ्चार क्षेत्रमा आवद्ध भएका भुसालले कुश्माको रेडियो कुशुमा पनि समाचार वाचक तथा कार्यक्रम प्रस्तोताको काम गरेको बताउँछन् ।
विगत ४ वर्षदेखि पर्वत जिल्लाको पहिलो रेडियो स्टेशन रेडियो पर्वत १०३.६ मेगाहर्जमा कार्यरत भुसाल अहिले रेडियोको स्टेशन म्यानेजर पदमा रहँदै लाखौँ स्रोता तथा दर्शकहरुको मन जीत्न सफल भएका छन् । हालसम्म मिडिया क्षेत्रलाई नै आफ्नो मुख्य पेशा बनाउँदै आएका भुसलले कलाकार तथा सर्जक अर्जुन पन्तद्धारा आफु नेपाली कलाकारीता क्षेत्रमा प्रवेश गरेको बताउँछन् ।
नेपाली लोक गित संगितमा सानैदेखि रुचि राख्ने भुसालले यस भन्दा अगाडि घाँसदाउराको भारी, कुश्मा बलेवा जस्ता गितमा पनि अभिनय गरेका छन् । “गुड छोडि उडने चरीलाई के को माया लाउँछ र” बरीलै भन्ने मौकिल रत्यौली गितको गायक अर्जुन पन्त र देव धिमिरे विश्वकर्माले रचना गर्नुभएको थियो भने अर्जुन पन्तले संगित भर्नुभएको थियो ।
पर्वत जिल्लाको फलेबासमा छायांकन गरिएको उक्त गितमा शंकरपोखरीको लिमि भुमेकोट, मैदान, पोखराचौर तथा फलेवासका विभिन्न रमणिय दृश्यहरु समावेस गरीएकोे छ । हिमचुलिडिजिटल फोटो फ्रेम उद्योगका सञ्चालक सुरेश राज रेग्मीको छायांकन , निराजन केसीको सम्पादन तथा अर्जुन पन्तको निर्देशनमा भिडियो तयार गरिएको छ । गीतको भिडियोमा सञ्चारकर्मि महेश भुसााल, प्रतिज्ञा शर्मा, संगीता रसाइली र अपर्ण परियारको अभिनय गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!