पर्वत- पर्वतमा नब आगन्तुक प्रहरी नायब उपरिक्षक डिएसपी रविन विष्ट र पर्वतमा क्रियाशिलत पत्रकारहरुबीच भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतमा सोमवारदेखि कामकाज सम्हानुभएका डिएसपी विष्टले जिल्लाको समग्र शान्ति सुरक्षा, अपराधन नियन्त्रण गरी अमनचयन कायम गर्न निरन्तर सक्रिय रहने प्रतिवद्धता जनाउनुभएको छ । पर्वत जिल्लाका बस्तुअवस्था बुझेर जिल्लाका ६१ वटै वडाका नागरिकलाई प्रहरीको पहुँच पर्याउनेगरी काम गर्ने उहाँको भनाई छ ।
नागरिकलाई सर्वसुलभ रुपमा सेवा प्रवाह गर्नु प्रहरीको दायित्व भएको भन्दै प्रनाउ बिष्टले कुनै दबाब र प्रभावमा नपरीकन काम गर्ने बताउनुभयो । सर्वसाधारण नागरिकले कसैलाई भनसुन गर्न नपरिकन सोझै प्रहरीको ढोकामा आउन उहाँको आग्रह छ । उहाँले जिल्लामा रहेका सञ्चारकर्मी र पत्रकारहरुसँग आवश्यक समन्वय र सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता जनाउनुभएको थियो ।
सो अवसरमा सहभागि पत्रकारहरुले समग्र जिल्लाको बस्तुस्थिति, सुरक्षाका चुनौती तथा सम्भावनाका बारेमा जिज्ञासा तथा सुझावहरु राखेका थिए । कार्यक्रमको संचालन प्रहरी निििरक्षक रामप्रसाद सापकोटाले गर्नुभएको थियो ।
यस अघि कार्यरत डिएसपी खुमलाल भुसालको सरुवा भएपछि विष्ट पर्वत आउनुभएको हो ।