लोकतन्त्र अनलाईन

Advertisment

SKIP THIS
पर्वतमा श्रृङ्खलाबद्ध चोरीमा संलग्न व्यक्ति पक्राउ, पैतीस तोला सुन र ११ लाख बरामद - News site from Nepal

पर्वत- लामो समयदेखि श्रृङ्खलाबद्ध रुपमा चोरी गर्ने एक युवालाई पर्वतवाट प्रहरीले पक्राउ गरेको छ ।
रोल्पा जिल्लाको रोल्पा नगरपालिका वडा नं. १ का ३३ वर्षिय भरत परियार पक्राउ गरेको हो । प्रहरीले पर्वतको कुश्मा नगरपालिका वडा नं.९ कटुवाचौपारीवाट बिहीवार राती २ बजे प्रहरीले पक्राउ गरेको जनाएको छ । स्थानीय शर्मिला पौडेलले संचालन गर्दै आएको आशिक एण्ड आशिका किराना पसलवाट दश लाख १७ हजार, १२ हजार बराबरको रिचार्ज कार्ड, चोरी गर्दैगर्दा स्थानीयले प्रहरीलाई खबर गरेपछि जिल्ला प्रहरी कार्यालयवाट पुगेको प्रहरी नायब उपरिक्षक खुमलाल भुसालको टोलीले पक्राउ गरेको हो ।
उसको साथवाट प्रहरीले ३५ तोला ७२ लाल सुन, रु ११ लाख १५ हजार ४ सय ८५ रुपैया नगद, नेपाल टेलिकम र एनसेलका ४२ थान रिचार्जकार्ड बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतले शुक्रवार पत्रकार सम्मेलन गरी चोरिमा संलग्न व्यक्ति र बमामद गरिएको सामान सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरिक्षक खुमलाल भुसालका अनुसार चोरि गर्ने व्यक्तिवाट दुई वटा मोवाईल, नेपालको नक्सा १ थान, नेपालको सडकको नक्सा १ थान, हसिया १ थान, निजको नागरिकता, वायरलेस सिसीटिभी क्यामेरा १ थान, हार्डडिक्स एक थान, एलईडि मनिटर एक थान समेत बरामद गरिएको छ ।
त्यसैगरी चोरी गर्न प्रयोग गरिएको ह्वाम्वर, स्कुड्राईभर, जीआई पाईप, टर्च लाईन, विभिन्न चावीका झुप्पाहरु, चोरी गर्दा प्रयोग गरिने बालक्याप, पञ्जा, पावरबैंक, डिजिटल तौल मेशिन समेत बरामद भएको छ ।
अभियुक्त परियार यस अघि २०६९ सालमा प्रहरी वृत्त नयाँ बानेश्वरमा चोरी मुद्धामा ४ वर्ष कैद भुक्तान गरी २०७३ सालमा छुटेको पाईएको छ । शुरुमा केन्द्रीय कारागार काठमाण्डौ, र पछि झुम्का कारागार सुनसरीमा बसेको र त्यहाँ बस्दा समेत अपराधिक व्यक्तिसँग सम्पर्क बढाई जेलवाट छुटिसकेपछि गिरोहको रुपमा चोरी गर्न थालेको बयान प्रहरीलाई दिएको छ । अभियुक्तले चोरीमा आफु मात्र संलग्न रहेको बयान दिएपनि अन्य व्यक्तिहरु पनि हुन सक्ने भन्दै थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
परियारले गत माघ फागुनमा स्याङ्जा जिल्लाको विभिन्न स्थानमा चोरी गरेको, फागुन १६ गते राती पर्वतको जलजला गाउँपालिका वडा नं. ३ मा सहकारी संस्थामा चोरी गरेको, गत बुधवार राती पर्वतको फलेवास नगरपालिका वडा नं. ६ खौला र चौबीस कुरियामा ९ वटा घरमा चोरी गरेको र बिहीवार राती कुश्मा नगरपालिका वडा नं. ९ कटुवाचौपारी स्थित बिबिसि चोकमा चोरी गर्दै गर्दा पक्राउ परेको हो । कटुवाचौपारीमा होटल, हार्डवयर र किराना गरी आधा दर्जन पसलमा चोरी गरेको थियो ।
परियारले स्थानीय तहहरुको एप्समार्फत विवरण लिने, सिसीटीभिहरुको निगरानी गर्ने, शहर बजार भन्दा ग्रामीण क्षेत्रमा रहेका पसलहरुमा चोरी बढि गर्ने र विभिन्न प्रविधिको प्रयोग गर्ने गरेको पाईएको प्रनाउ भुसालले बताए ।
अभियुक्त परियारलाई शुक्रवारनै जिल्ला अदालत पर्वतमा चोरी सम्वन्धि कसुरमा मुद्धा दर्ता गरी १० दिनको म्याद लिएर अनुसन्धान कार्य शुरु गरिएको प्रहरी नायब उपरिक्षक भुसालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!