पर्वतको मोदीमा तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुँदै - News site from Nepal

file picture

पर्वत- पर्वतको मोदी गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने भएको छ ।
यहि मंसिर २० गतेदेखि २४ गते सम्म वडा नं. ६ स्थित नवजागृत बहुमुखि क्याम्पस र सरस्वती मावि बाजुङको खेलमैदानमा आयोजना गरिएको हो ।
रनिङ्ग शिल्ड अन्तर्गत छात्र छात्रा भलिवल प्रतियोगिता, एथलेटिक्स तर्फका खेहरु दौड, हाईजम्प, लङजम्प, ज्यावलिङ्ग थ्रो, मार्सल आर्ट लगायतका खेलहरु खेलाईने भएको छ ।
खेलमा सहभागि हुने खेलाडीहरु चालु शैक्षिक सत्रमा कक्षा १२ सम्म नियमित तर्फका विद्यार्थी हुनुपर्ने पालिकाले जनाएको छ । खेलाडीको वैद्यताको विषयमा कुनै प्रश्न उठेमा स्वयं विद्यालय जवाफदेहि हुने र आयोजक समिति र निणर्ायकको निणर्य अन्तिम हुने उल्लेख गरिएको छ ।
सोहि अवधिमा मोदी गाउँपालिकामा हुन थालेको राष्ट्रिय सभा अध्यक्ष कप र राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सँगसँगै हुने बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!