पर्वतको कुर्घाका सन्तोष क्षेत्रीकाे मलेसियामा रहस्यमय मृत्यु - News site from Nepal

पर्वत- लामो समयदेखि रोजगारीका क्रममा मलेसिया रहेका पर्वत जिल्ला फलेवास नगरपालिका १० कुर्घाका सन्तोष क्षेत्री काम गरिरहेको होटलमा मृत अबस्थामा भेटिएका छन् ।

मलेसियाको टपग्लोबल कम्पनी नजिकै नेपाली अनिलकुमार शाहले संचालन गरेको होटल (Hostel sSce 2014) मा विगत सात महिनादेखि काम गरेका सन्तोष सोमबार बिहान हेर्दा सुतिरहेकै अवस्थामा मृत भेटिएका थिए ।

उनको मृत्यु रहस्यमयय भएको भन्दै उनीसँगै बस्ने साथी सोम तामाङले सामाजिक संजालमा लेखेका थिए । यसअघि उक्त होटल संचालकले पटकपटक मानसिक र शारीरिक यातना समेत दिने गरेको सँगै काम गर्ने साथीहरू बताएका छन् । आफूले घटनाको वास्तकविक कुरा संजालमा लेखेपछि विभिन्न धम्कि आएको भन्दै उनले नेपाल सरकारसँग सुरक्षाको माग गरेका छन् ।

उनले भनेका छन् , किन सामाजिक संजालमा सन्तोष क्षेत्रीको कुरा सार्वजनिक गरेको भनेर धम्की दिएको छ, जेपनि हुन सक्छ, भनेको छ, नेपाल सरकारले हाम्रो सुरक्षाको वातावरण बनाइदिनु पर्यो ।’

उक्त घटनापछि समेत होटल संचालक सम्पर्कमा नआएको कारण पनि घटना स्वभाविक नभएको उनका साथीहरुको आशंका गरेका छन् ।
होटलले पटकपटक नेपाल पठाउन आग्रह गर्दा पनि नपठाउने र झण्डै ७ महिना काम गरेको पैसा पनि नदिएको उनीहरुको भनाई छ ।
मृतक क्षेत्री टप ग्लोबल कम्पनीमा काम सकिएपछि उक्त होटलमा गैरकानुनी रुपमा बसेर काम गर्दै आईरहेका थिए ।

यसैबिच उक्त घटना प्रति पर्वत रुपन्देही सेवा समाजका अध्यक्ष रामकृष्ण शर्मालेगम्भीर चासो व्यक्त गर्दै घटनाको छानबिन गर्न आग्रह सरकारसँग आग्रह गरेका छन् । उनले सन्तोषको शव नेपाल ल्याउन तथा अन्य नेपालीहरुको सुरक्षाको समेत वातावरण बनाउनको निम्ति पनि नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!