कमला केसी/दक्षिण कोरिया
प्रवासी नेपालीहरुलाई भैपरी आउने समस्यामा आर्थिक सहयोग गर्नका लागि राहत कोष स्थापना गर्ने उद्धेश्यले दक्षिण कोरियामा धौलागिरि सांगितिक सौगात कार्यक्रम गरिने भएको छ ।
आपतकालीन राहत कोष स्थापनाका लागि आउदो कोरियन महान् चाड सलनालको अवसरमा आगामी फेब्रुअरी १० तारिखमा कार्यक्रम गर्न लागिएको हो । कोरियाको मुख्य चाड सलनालको दोश्रो दिन बागलुङ समाज दक्षिण कोरियाले धौलागिरी सांगितिक सौगात भाग-४ गर्ने निश्चित भएको समाजका अध्यक्ष भूमिराज भुसालले जानकारी दिनुभयो ।
“प्रवासी भूमिमा बाग्लुङे हरुको एकता, सामाजिक कार्यमा सबैको सहभागिता, आपतकालीन अवस्थामा बागलुङ समाज आवश्यकता” भन्ने मुल नाराका साथ सन् २००१ मा कोरियामा रहेका बागलुङबासिहरु मिलेर स्थापना गरेको बागलुङ समाजले सलनालको दोश्रो दिन आगामी फेब्रुअरी १० तारिख शनिबार कार्यक्रम गर्ने निश्चित भएको भुसालले बताउनुभयो ।
बागलुङ समाज दक्षिण कोरियाले कार्यक्रम गर्ने प्रस्ताव राखेकोमा पारित भएर कार्यक्रम गर्ने अनुमति पाएको उहाँको भनाई छ ।
सन् २००१ मा स्थापित बागलुङ समाज दक्षिण कोरियाले कोरिया र नेपालमा हरेक सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा कोरियामा रहेका संघसंस्था संग सहकार्य र समन्वय गर्दै आएको छ । कोरिया लगायत नेपालमा आपतविपत परेका नेपालीहरु लाइ सहयोग गर्दै आइरहेको उक्त संस्थाले “धौलागिरी सांगितिक सौगात भाग -४”कार्यक्रम लाइ सफल पार्नको लागि विभिन्न समिति बनाएर तयारी थालेको छ ।
कार्यक्रमका बारेमा केहि दिनमा पत्रकार सम्मेलन गरेर जानकारी गराईने पनि समाजले जनाउको छ । कार्यक्रमलाइ सफल पार्न आर्थिक, नैतिक र भौतिक रुपमा साथ सहयोग गरि कार्यक्रममा विभिन्न कामको सिलसिलामा दक्षिण कोरियामा वसोवास गर्दै आइरहनुभएको सम्पुणर् नेपाली भाषिहरुमा उपस्थितिका लागि समेत आयोजकले अनुरोध गरेको छ ।