भुकम्प प्रभावित क्षेत्रमा दक्षिण कोरियाका विभिन्न संघसंस्थाको पहलमा राहत संकलन गरी वितरण - News site from Nepal

कमला केसी/दक्षिण कोरिया
गत कात्तिक १७ गते राती जाजरकोटको लामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको ६ दशमलब ४ रेक्टर स्केलको भूकम्पमा परी जनधनको क्षति व्यहोरेका पिडित परिवारलाई राहत संकलन गरि वितरण गरिएको छ ।
दक्षिण कोरियामा सक्रिय सवै संघ संस्थाहरुको पहलमा संकलन गरिएको राहत भुकम्प प्रभावित तीन जिल्लामा वितरण गरिएको हो । जाजरकोट, रुकुम पश्चिम र सल्यान जिल्लाका भूकम्प प्रभावितहरूलाई थोरै भएपनि मल्हम लगाउने उद्धेश्यले नेपाली सम्पर्क समिति एनसिसि को सहजीकरणमा कर्णाली प्रदेश समाज दक्षिण कोरिया र राप्ती समाज दक्षिण कोरियाको सहकार्यमा उक्त राहत संकलन गरिएको हो । राहत संकलनका लागि प्रदेश भित्रका जिल्लागत संघसंस्थाहरुको समन्वय र दक्षिण कोरियामा रहेका सम्पूणर् संघ संस्थाको आर्थिक सहयोग गरेका थिए ।
तीन जिल्लामा गरी २१ लाख ५४ हजार ४ सय ४ रुपैया बराबरको राहत वितरण गरिएको हो । उनिहरुले जाँजरकोटमा सवैभन्दा बढि रु १० लाख ७५ हजार ८४, रुकुम पश्चिममा ६ लाख ५५ हजार ७ सय ६० र सल्यानमा ४ लाख २३ हजार ५ सय ६० रुपैया बराबरको राहत वितरण गरेको जनाएका छन् । जाँजरकोटका पाँच स्थानीय तहहरु जुँनीचाँदे, कुसे, भेरी, नलगाड र छेठागाड गाउँपालिकामा उक्त राहत वितरण गरिएको हो । जाँजरकोटमा एनसिसीका वर्तमान सचिब नेपाल कार्की र कणर्ाली प्रदेश समाज दक्षिण कोरियाका सदस्य दिनेश शर्माको उपस्थितिमा राहत वितरण गरिएको थियो । भने रुकुम पश्चिमका आठविसकोट, सानोभेरी, चौरजहारी र बाफीकोट गाउँपालिकामा राहत वितरण गरिएको हो । कणर्ाली प्रदेश समाज दक्षिण कोरियाका पुर्व महासचिब भक्तराज नाथ योगीको उपस्थितिमा उक्त राहत वितरण गरिएको हो । त्यसैगरी सल्यानमा राप्ती समाज दक्षिण कोरियाका पुर्व सदस्य एपी रिजालको उपस्थितिमा दार्मा, वन्गाड कुपिन्डे, कुमाख, त्रिवेणी र बागचौर गाउँपालिकामा राहत वितरण गरिएको हो ।
नेपाली सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष हरिप्रसाद खनालले पिडाको बेलामा प्रवासमा रहेका नेपालीहरुवाट थोरै भएपनि मल्हम लगाउने उद्धेश्यले राहत संकलन गरेर पठाईएको र संस्थाकै प्रतिनिधिहरुको रोहवरमा पारदर्शि रुपमा वितरण गरिएको बताउनुभयो । उहाँका अनुसार पिडितहरुलाई न्यानो लुका, ओढ्ने ओच्छउने, खाद्यान्न, त्रिपाल, ब्लांकेट लगायतका सामाग्रीहरु वितरण गरिएको थियो ।
यसैबीच भुकम्प पिडितहरुको सहयोगका लागि संकलन तथा वितरण गरिएको राहत रकमको आयव्य समेत सार्वजनिक गरिएको छ । नोभेम्बर २६ अर्थात आइतवार निकनेपाल ट्राभलको हलमा एक कार्यक्रमको आयोजना गरी राहत संकलन तथा वितरणको सम्पुणर् आयब्यय विवरण सार्वजनिक गरिएको हो । राप्ती समाजका निवर्तमान अध्यक्ष ओमलाल ओलीले आयव्यको सार्वजनिक गर्दै सम्पुणर् सहयोग दाताहरुलाई हार्दिक अभार व्यक्त गर्दै दुःखको बेलामा थोरै भएपनि राहत पुर्‍याउन सकेकोमा गौरब बोध भएको बताउनुभयो ।

आयव्यय सार्वजनिक कार्यक्रममका प्रमुख अतिथि एनआरएनए ग्लोवलका अध्यक्ष विनोद कुँवर, र विशिष्ट अतिथि एनआरएनए दक्षिण कोरियाका अध्यक्ष बुद्धि गुरुङले पनि पिडाको बेलामा राहत संकलन गरि वितरण गरेर पुण्य काम गरेको भन्दै अभियानकर्ताहरुको प्रसंसा गर्नुभएको थियो । उहाँले आगामी दिनमा पनि यस्तै बेलामा एकजुट हुन आव्हान समेत गर्नुभयो ।

कार्यक्रममा एनसिसी अध्यक्ष हरिप्रसाद खनाल र कर्णाली प्रदेश समाजका अध्यक्ष गणेश कोईरालाले सम्पुणर् सहयोगदाताहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत थप सहोगको लागि आग्रह गर्नुभएको छ । यसल नेपालमा रहेका दाजुभाई र प्रवासमा रहेका नेपालीहरुबीच थप सम्वन्ध सुमधुर बनाउन र असहज परिस्थितिमा पवासमा रहेपनि सँगै भएको अनुभुति गराएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!