दक्षिण कोरियामा नेपाली खेलाडी संघ गठन - News site from Nepal
दक्षिण कोरियामा नेपाली खेलाडी संघ गठन

कमला केसी/दक्षिण कोरिया
विभिन्न कामको शिलशिलामा दक्षिण कोरियामा रहेका नेपाली खेलाडीहरु संगठित भएका छन् । उनिहरुले नेपाली खेलाडी संघ दक्षिण कोरिया गठन गरेका हुन् ।
नवगठित समितिको अध्यक्षमा आरके पहारी श्रेष्ठ रहनुभएको छ । त्यसैगरी महासचिबमा बिक्रम बज्यू तामाङ, सचिवमा जमन सिङ् गुरुङ र कोषाध्यक्षमा सागर गुरुङ रहनुभएको छ । संघका सदस्यहरुमा राम बहादुर थोकर, लक्ष्मण थोकर, सुर्य गुरूङ, थमन पुन, रमेश क्षेत्री रहनुभएको छ ।
संघको संरक्षकमा विपिन कुमार गुरुङ, बरिष्ट सल्लाहकारमा ब्रो य तमू तथा सल्लाहकारमा मिलन श्रेष्ठ र चन्द्र तामाङ रहनुभएको छ । नवगठित संघले खेल क्षेत्रको विकास र खेलाडीहरुको हितमा काम गर्ने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!