रोजगारीका लागि पोर्चुगल पुगेका पर्वतको खौलाका युवाको मृत्यु - News site from Nepal
रोजगारीका लागि पोर्चुगल पुगेका पर्वतको खौलाका युवाको मृत्यु

पर्वत –  रोजगारीको सिलसिलामा पोर्चुगलमा रहेका पर्वत जिल्लाको कुश्मा नगरपालिका-१३ खौलालाकुरीका ३६ वर्षीय धनबहादुर क्षेत्रीको आफ्नै साथीको छुरा प्रहारवाट ज्यान गएको छ ।
रोजगारीका लागि करिब छ महिना अघि पोर्चुगल पुगेका क्षेत्रीलाई एउटै कोठामा बस्दै आएका साथी स्याङ्जाको पुतलीबजार नगरपालिका-१२ पेल्काचौरका ३० वर्षीय लोकेन्द्र गुरुङले छुुरा प्रहार गरेका थिए । गत कार्तिक २९ गते नेपालमा तिहार मनाइरहेको दिनमा सामान्य भनाभनकै क्रममा छुरा प्रहार गरेर घाइते हुनुभएका क्षेत्रीको उपचारका क्रममा उपचारका क्रममा बिहीवार मृत्यु भएको हो । हाल पोर्चुगलमा नै रहेर घटनाका बारेमा सामाजिक सञ्जाल फेसबुकमा राख्नुभएका पर्वतकै कुश्माका रमेशराज बास्तोलाका अनुसार उपचारकै क्रममा धनबहादुरको बिहीबार मृत्यु भएको छ।
धनबहादुरका छिमेकी कुलबहादुर के.सीका अनुसार जङ्गल हाउसमा रहेको कोठामा चार जना बस्दै आएको र घटना हुँदाका दिनमा एक जना काममा, एक जना घुम्नका लागि दुई जना कोठामा रहेको बताउनुभयो । खाना खाने बेलामा टिफिन बक्समा खाने किन नहालेको भन्ने विषयमा धनबहादुरमाथि आक्रमण भएको उहाँको भनाइ छ ।
घटनाको बारेमा शुक्रवार बिहान मात्रै परिवारलाई जानकारी गराइएको र उनीहरू भावविह्व बनेको केसीले जानकारी दिनुभयो ।
कुश्मा-१३ का वडाध्यक्ष तेजप्रसाद शर्माले धनबहादुरको घर खौला स्थित खौलालाँकुरी माध्यमिक विद्यालयको नजिकै रहेको र उहाँ करिब डेढ वर्ष अगाडि घरबाट क्रोएसिया पुगेको बताउनुभयो । त्यहाँबाट करिब छ महिना अगाडि पोर्चुगल पुग्नुभएको थियो । सामान्य परिवारका क्षेत्रीका तीन छोरा र एक छोरी गरेर चार जना सन्तान रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!