गण्डकी प्रदेश समाज दक्षिण कोरियाको प्रथम साधारणसभा डिसेम्वर २४ मा हुने - News site from Nepal

कमला केसी/दक्षिण कोरिया
दक्षिण कोरियामा सक्रिय गण्डकी प्रदेश समाजको प्रथम बार्षिक साधारण सभा गरिने भएको छ । यहि डिसेम्वर २४ तारिख आइतवार साधारण सभा हुने भएको हो ।
साधारणसभाको सहआयोजकमा गण्डकी प्रदेशका ११ वटै जिल्ला समिति रहेका छन् । वैठकमा साधारण सभा के कसरी संचालन गर्ने के कसरी प्रतिनिधिहरुको सहभागिता गराउने लगायतका विषयमा छलफल भएको समाजका अध्यक्ष प्रविण गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार साधारण सभामा कोरियामा रहेका केन्द्रीय स्तरका संस्था, प्रदेश स्तरीय संस्था, जिल्ला अध्यक्ष, पुर्व अध्यक्ष, सल्लाहाकार सवैलाई आमन्त्रण गर्ने निणर्य भएको छ ।
सिंगो गण्डकी प्रदेश समाजको साधारण सभा भएकाले उक्त कार्यक्रम भन्दा एक साता अघि जिल्ला स्तरका कार्यक्रम आयोजना नगरिदिन पनि वैठकले अनुरोध गरेको छ ।
साधारण सभामा सहभागि हुने संस्थाहरुलाई संस्थागत प्रमाणपत्र प्रदान गर्ने समेत तयारी गरिएको छ ।
साधारण सभामा बार्षिक प्रतिवेदन प्रस्तुत, आर्थिक प्रतिवेदन प्रस्तुत, विधान संशोधन, बार्षिक कार्यक्रम तर्जुमा, सुझाव संकलन लगायतका एजेण्डाहरु भएकाले सवैलाई उपस्थित भएर सभ्य र भव्य बनाउन सहयोग गरिदिन अध्यक्ष गिरीले आग्रह गर्नुभएको छ । कार्यक्रम विहान ११ बजे शुरु भई ४ बजे सम्पन्न हुने पनि उहाँले बताउनुभयो । सधारण सभा दुई चरणमा सम्पन्न हुने छ । शुरुमा उद्घाटन गर्ने र दोस्रो चरणमा बन्दसत्र हुने बताईएको छ ।
प्रवासी भूमिमा नेपाली एकता, गण्डकी प्रदेशको सामुहिक सहभागिता भन्ने मुल नारा लिएर स्थापना भएको समाजले विभिन्न रचनात्मक काम गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!