पर्वत- पर्वतको मोदी गाउँपालिकामा भोली सार्वजनिक विदा दिइएको छ ।
बालाचतुर्दशीको अवसरमा मोदी गाउँपालिकाले सार्वजनिक विदा दिने निणर्य गरेको हो ।
गाउँपालिका अन्तर्गतका धार्मिक तथा पर्यटकी स्थलहरु पञ्चासे, सहस्रधारा, पार्वती मन्दिर, लगायतमा सद्बीज छर्ने, सार्थै विविध धार्मिक कार्यक्रमहरु हुने परम्परालाई मध्यनजर गर्दै विदा घोषणा गरिएको हो ।
स्थानीय संस्कृतिको सम्वद्र्धन एवम् आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले सोमवार विदा दिईएको प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद शर्माले बताउनुभयो । उहाँका अनुसार सोमवार गाउँपालिका भित्रका सवै सरकारी कार्यालय तथा संघ संस्था बन्द रहने उल्लेख गरिएको छ ।