पर्वतको महाशिलामा तेस्रो राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता हुने - News site from Nepal

पर्वत- पर्वतको महाशिला गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने भएको छ ।
यहि मंसिर २८ गतेदेखि ३० गते सम्म वडा नं. ३ बालाकोटमा रहेको गोपाल स्मृति खेलमैदानमा आयोजना गरिएको हो ।
रनिङ्ग शिल्ड अन्तर्गत छात्र छात्रा भलिवल प्रतियोगिता, एथलेटिक्स तर्फका खेहरु दौड, हाईजम्प, लङजम्प, ज्यावलिङ्ग थ्रो, मार्सल आर्ट लगायतका खेलहरु खेलाईने भएको छ ।
खेलमा सहभागि हुने खेलाडीहरु चालु शैक्षिक सत्रमा कक्षा १२ सम्म नियमित तर्फका विद्यार्थी हुनुपर्ने प्रमुख प्रशासकिय अधिकृत हरिप्रसाद पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार यो खेलमा पालिकाभित्र ६ वटा वडामा रहेका मावि तहका विद्यार्थीहरुलाई सहभागि गराईने भएको छ । खेलाडीको वैद्यताको विषयमा कुनै प्रश्न उठेमा स्वयं विद्यालय जवाफदेहि हुने र आयोजक समिति र निणर्ायकको निणर्य अन्तिम हुने उल्लेख गरिएको छ ।
प्रतियोगितामा सहभागि हुने विद्यालयले मंसिर २५ गते भित्र समुह दर्ता गराउनुपर्नेछ । खेलका लागि पालिकाले राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०७० बमोजिमका नियमहरु समेत सार्वजनिक गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!