युवा संघ गण्डकी प्रदेश इन्चार्जमा पर्वतका पौडेल - News site from Nepal
युवा संघ गण्डकी प्रदेश इन्चार्जमा पर्वतका पौडेल

पर्वत –  राष्ट्रिय युवा संघ नेपालको गण्डकी प्रदेश ईन्चार्जको जिम्मेवारी पर्वतका अर्जुन पौडेल ‘निर्जन’ ले पाउनुभएको छ ।
राष्ट्रिय युवा संघको दोस्रो पुणर् वैठकले पौडेललाई गण्डकी प्रदेशको इन्चार्जको जिम्मेवारी दिएको हो । त्यस्तै प्रदेश सहइन्चार्जमा मदन गिरी र सुवास अधिकारी रहनुभएको छ ।
इन्चार्ज प्राप्त गर्नुभएका पौडेलसँग यसअघि युवा संघको वडा पालिका जिल्ला अञ्चल प्रदेश हुँदै केन्द्रीय सदस्य बनेर एक कार्यकाल सहइन्चार्जको जिम्मेवारी सम्हालेको अनुभव छ ।
२०५४ अनेरास्ववियुको सदस्यताबाट विद्यार्थी राजनीतिमा प्रवेश गर्नुभएका उहाँ २०५८ मा अनेरास्ववियु जिल्ला कमिटी सदस्य, २०६४ मा युवा संघको वडा कमिटी अध्यक्ष, २०६७ मा जिल्ला कमिटी सदस्य, अञ्चल कोषाध्यक्ष, प्रदेश सचिवालय सदस्य हुँदै २ पटक केन्द्रीय सदस्य बनेका थिए ।
उनी नेपालगञ्ज महाधिवेशनबाट सचिवालय सदस्य निर्वाचित भएका थिए । नेकपा एमालेको हालै सम्पन्न गण्डकी प्रदेश अधिवेशनवाट प्रदेश कमिटि सदस्यमा निर्वाचित पौडेल जिल्लामा विभिन्न सामाजिक र राजनीतिक गतिविधिमा सक्रिय रहँदै आउनुभएको छ ।
यस्तै युवा संघका दोस्रो पुणर् वैठकले पर्वतको इन्चार्जमा केन्द्रीय सदस्य सुनल बानियालाई जिम्मेवारी तोकेको छ भने निर्वाचन आयोग सदस्यमा विहादीमा भोजराज भुसाल मनोनित हुनुभएको छ ।
गण्डकी प्रदेशको इन्चार्ज हुने अवसर पर्वत जिल्लाले पहिलोपटक पाएको हो । आफु इन्चार्ज भएपछि प्रदेशको युवा संघलाई थप संगठित र बलियो बनाउन निरन्तर सक्रिय रहने पौडेलले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!