पदमपाणी शर्माको त्यो सम्वोधन ः ‘पर्वतमा ८४ सालमा पनि एमालेले क्लिनस्वीप गर्छ’ - News site from Nepal

पर्वत- नेकपा एमाले पर्वतका उपाध्यक्ष पदमपाणी शर्माले आगामी २०८४ सालको आम निर्वाचनमा पनि पर्वतमा एमालेले क्लिनस्वीप गर्ने बताउनुभएको छ ।
नेकपा एमालेले संचालन गरेको समृद्धिका लागि संकल्प यात्रा अन्तर्गत बिहीवार कुश्माको बान्द्रेविडिमा आयोजित विशाल जनसभामा स्वागत मन्तव्य राख्ने क्रममा शर्माले केन्द्रीय नेतृत्व सामु उक्त प्रतिवद्धता ब्यक्त गर्नुभएको हो ।अघिल्लो निर्वाचनमा एमाले पर्वतले प्रतिनिधि सभा र दुई प्रदेश सभामा बिजयी भएको थियो ।
अघिल्लो निर्वाचनमा निर्वाचन परिचालन कमिटिका संयोजक समेत रहनुभएका शर्मा आसन्न नेकपा एमाले पर्वतको अधिबेशनमा अध्यक्ष पदको तयारीमा रहनुभएको छ ।
यस अघि फलेवास नगरपालिकाको संस्थापक समेत रहनुभएका शर्मा फलेवास नगरपालिकाको विकास र समृद्धिका लागि मुलुकमै नमुना काम गर्ने मेयरको रुपमा समेत पुरस्कृत हुनुभएको थियो ।
शर्माले गठवन्धनको घेराबन्दीका बीचमा पनि गण्डकी प्रदेशमै एकमात्र जिल्ला पर्वतमा एमालेले क्लिनस्वीप गर्न सफल भएको बताउँदै अबको लक्ष मिसन ८४ हुने बताउनुभयो ।  उहाँले भन्नुभयो -अब एमालेका अगाडि कुनै दलको पनि तागत पुग्दैन । उहाँले केन्द्रीय नेतृत्वले समेत विशेष हिसावले पर्वतलाई सम्वोधन गरेको बताउँदै आगामी दिनमा समेत सहयोग गर्न आग्रह गर्नुभयो ।
पर्वतको विकास र परिवर्तनका लागि एमाले सरकारको पालामा धेरै कामहरु भएको बताउँदै जारी योजनाहरु वर्तमान सरकारका कारण समयमै सम्पन्न गर्न नसकेको उहाँको भनाई थियो । उहाँले यस क्षेत्रको मुहार फेर्न कालीगण्डकी जलाशययुक्त परियोजना आफुले अघि बढाएको बताउँदै त्यसको पुणर्ताका लागि सहयोग गर्न समेत केन्द्रीय नेतृत्वलाई आग्रह गर्नुभयो ।
शर्माले नेकपा एमाले पर्वतलाई अझै बलियो र शसक्त बनाउनका लागि सम्पुणर् नेता कार्यकर्तालाई एकमन एकताका साथ अघि बढ्न आग्रह गर्दै आमसभामा उर्लिएको जनसागर कहिल्यै घट्न नदिने समेत बताउनुभयो ।
शर्माकै भनाईलाई इङ्गित गर्दै एमाले अध्यक्ष ओलीले वर्तमान सरकारका कारण एमालेले ल्याएका विकासका योजना अलपत्र बनेको बताउँदै सरकारप्रति आक्रोस समेत व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!