पर्वतको फलेवासमा डिजिटल सीप तथा वित्तिय साक्षरता सम्बन्धि तालिम सम्पन्न - News site from Nepal

रामचन्द्र भुसाल
फलेवास- फलेवासमा डिजिटल सीप तथा वित्तिय साक्षरता सम्बन्धि तालिम सम्पन्न भएको छ । बुधबारदेखि फलेवासको देवीस्थानमा सुरु भएको तालिम विहिबार एक समारोहका विच सम्पन्न भएको हो । तालिममा देस्थिानका ३० जना भन्दा धेरै व्यक्तिहरुको सहभागिता रहेको थियो ।
सके स्वदेशमै रोजगार, नसके सीप सहितको सुरक्षित रोजगार भन्ने नाराका साथ सम्पन्न तलिममा वैदेशिक रोजगारीका फाईदा तथा बेफाईदा, वैदेशिक रोजगारीमा जानुपुर्व थाहा पाउनुुपर्ने कुराहरु लगायतका विषयमा छलफल गरीएको थियो । रिड नेपाल, रिड ब्लोबल र आईरेक्स जस्ता संस्थाहरुको समन्वयमा भएको कार्यक्रमको मोति सामुदायिक पुस्तकालयले सहजिकरण गरीरहेको छ । कार्यक्रममा सहभागिहरुले वैदेशिक रोजगारीमा जाने क्रममा ठगिमा परेका, विदेश गएपश्चात सम्झौता पत्रमा भएअनुसारको कम गर्न नपाएका, समयमै तलब नपाएका, कम्पनिबाट शारिरीक तथा मानषिक यातना पाएका, अंगभंग भएका व्यक्तिहरुले कसरि सुरक्षित किसमले न्याय पाउन सक्छन भन्ने जस्ता पश्नहरु उठाएका थिए भने तालिममा उठेका प्रश्नहरुको पुस्तकालयका वरिष्ठ लाईब्रेरीयन ईन्द्र प्रशाद सापकोटाले सहजिकरण गर्नुभएको थियो ।
तालिम प्रदान गर्दै सापकोटाले आफ्नो पुस्तकालयमा दियो कर्नर रहेको कुरा अवगत गराउँदै वैदेशिक रोजगारीसम्बन्धि कुनै समस्या आएमा तुरुन्तै कर्नरमा सक्पर्क गर्न आग्रह गर्नुभएको थियो । विगत ३ वर्षदेखि रिड नेपालको सहयोगमा पूस्तकालयमा दियो कर्नर स्थापना गरीएको छ । त्योसंगै पुस्तकालयकै भवनमा रहेको रेडियो पर्वतबाट पनी विभिन्न सचेतनामुलक सुचनाहरु प्रसारण गरी मेडियामार्फत पनी सहजीकरण गरीएको जानकारी दिनुभयो ।
त्यस्तै वित्तिय साक्षरता सम्बन्धमा कुनै पनी व्यक्ति वा संस्थामार्फत पैसाको कारोबार गर्दा ध्यान दिनुपर्ने कुराहरुको बारेमा सचेतना प्रदान गरीएको थियो ।
कार्यक्रममा बोल्दै फलेवान नगरपालिका ६ देविस्थानका वडाध्यक्ष नविन कुमार श्रेष्ठले आँफु पनी विदेश बसेर आएको अनुभव सुनाउँदै स्वदेश जस्तो विदेश नहुने अथवा सेचेजस्तो विदेश नहुने कुराको स्मरण गराउनुभयो । सके देशमै केहि गर्ने नभए नियमानुसार भरपर्दो मेनपावरबाट कनुनि प्रक्रिया पु¥याएर वैदेशिक रोजगारीमा जानको निम्ति आग्रह गर्नुभयो ।
त्यसैगरी कार्यक्रममा बोल्दै पुस्तकालय व्यवस्थापन समिति अध्यक्ष कृष्ण प्रसाद पौडेलले बेदेशिक रोजागरीमा जानुपुर्व अथवा गएपश्चात केहि सल्लाह तथा पारामर्श लिनुपरेमा पुस्तकालयमा सम्पर्क गर्न सकिने बताउँदै । तालिममा सहभागि सवेैले यस २ दिनसम्म सिकेका कुराहरुलाई आफ्नो समुदायमा पु¥याउन आग्रह गर्दै ठगि हुनबाट जेगिनको निम्ति सहयोग गर्नुहुन आग्रह् गर्नभयो । तालिमपश्चात सहभागिहरुले आयोजक टिमलाई धन्यवाद ज्ञापन गर्दै तालिम लिन पाएकोमा खुसि व्यक्त गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!