रामचन्द्र भुसाल
पर्वत- फलेवास नगरपालिका वडा नं ५ खानिगाउँमा अवस्थीत भवानि विद्यापिठ माध्यमिक विद्यालयको आयोजनामा अन्तर माध्यमिक विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार ५७ औँ अन्तराष्ट्रिय साक्षरता दिवसको अवसर पारी आयोजना गरीएको प्रतियोगितामा फलेवास नगरपालिका भित्रका ८ वटा विद्यालयबाट विद्यार्थीहरु सहभागि भएका थिए । कार्यक्रममा भवानि विद्यापिठ मा.वि. प्रथम, माटेदेवल जनसहयोगी मा.वि. द्धिपतय, लिमिठाना मा.वि. तृतिय र त्रिभुवन मा.विले सन्तवना स्थान हाँसिल गर्न सफल भएका छन् ।
कार्यक्रममा उत्कृष्ट स्थान हासिल गर्ने विद्यालयका विद्यार्थीहरुलाई क्रमश प्रथम पुरस्कार नगद रु. ३०००, द्धितिय पुरस्कार नगद रु. २०००, तृतिय पुरस्कार नगद रु. १०००, सान्तवना पुरस्कार नगद रु ५०० र प्रमाणपत्र प्रदान गरीएको थियो ।
कार्यक्रममा बोल्दै खानिगाउँका वडाध्यक्ष नारायण प्रसाद लामिछानेले अतिरिक्त क्रियाकलापले विद्यार्थी जीवनमा थप ज्ञान सिक्नको लागि मद्धत पुग्ने भएकाले विद्यालयकाले आयोजना गरेको प्रतियोगिताको उच्च प्रशंसा गर्नुभएको थियो भने कार्यक्रमा बोल्दै विद्यालयका प्रधानाध्यापक अर्जुन कुमार रेग्मिले आफ्नो विद्यालयले अवका दिनका यस्तै खाले ज्ञानवर्दक कार्यक्रमहरुको आयोजना गर्दै जाने विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले सहभागि सम्पुर्ण विद्यार्थिहरुलाई धन्यवाद ज्ञापन गर्दै शैक्षिक क्षेत्रमा उज्वल भविष्यको शुभकामना प्रदान गर्नुभयो ।
वडाध्यक्ष नारायण प्रसाद लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक लक्ष्मि प्रसाद शर्मा र अच्युत पराजुलिले गर्नुभएको थियो ।