
पर्वत- प्रधानमन्त्री कप महिला टी- २० राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि पर्वतको टोली घोषणा गरिएको छ । कृषा अखेलीको कप्तानीमा जिल्ला क्रिकेट संघ पर्वतले शनिबार १४ सदस्यीय टोली घोषणा गरेको हो ।
कप्तान अखेलीसँगै शुशिला भट्टराई उपकप्तान, एन्जल अधिकारी, रिदिमा पौडेल, योजिता केसी, जिविका अधिकारी, पुणर्िमा पौडेल, प्रतिमा खड्का, रोजिना चापागाइ, प्रमिशा अधिकारी, पुजा विक, अनुषा पौडेल, रोजी अधिकारी र गरीमा केसी टोलीमा रहेका छन् ।
जिल्ला क्रिकेट संघले शनिबार छनोट खेल सञ्चालनपछि उक्त टोली घोषणा गरेको हो । टोलीमा समावेश भएका १४ मध्ये १३ जना खेलाडी पर्वतको मोदी गाउँपालिका वडा नं. ५ मा सञ्चालित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीहरु रहेका छन् । विद्यालयका प्रधानध्यापक अजय लामिछानेले विद्यालयको अतिरिक्त क्रियाकलाप र अन्य खेलकुदको समयमा पनि आफैले प्रशिक्षण दिएर खेलाडी उत्पादन गरेको बताउनुभयो । उहाँले छनोट खेलमा विद्यालयको बर्चश्व रहेकोमा खुशी व्यक्त गर्दै अन्य प्रदेश तथा राष्ट्रिय स्तरका खेलमा समेत सफलता हात पारेरै छाड्ने जिकिर गर्नुभयो ।
छनोट खेलका लागि जिल्ला क्रिकेट संघ पर्वतका अध्यक्ष रेशम बहादुर केसी, सचिव दिपेन्द्र शर्मा लामिछाने, सदस्य अनिश श्रेष्ठ, प्राविधिक तर्फ ध्रुब केसी लगायतको सक्रियता रहेको थियो । मंसिर २६ देखि २८ सम्म पोखरामा सञ्चालन हुने प्रदेश स्तरीय छनोट खेलका लागि उक्त टोली घोषणा भएको हो । प्रधानमन्त्री कप महिला टि २० राष्ट्रिय क्रिकेट प्रतियोगिता पुस १ गतेदेखि काठमाडौँमा हुनेछ ।
—
लक्ष्मीप्रसाद सापकोटा