पर्वत- नेकपा एमाले पर्वतको आयोजनामा यहि चैत २६ गते पर्वतमा बृहद आमसभा आयोजना गरिएको छ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आमसभालाई सम्वोधन गर्न आउनुहुने भएको छ ।
अध्यक्ष ओली आउने कार्यक्रमलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्नका लागि विभिन्न उपसमितिहरु गठन गरिएको छ । नेकपा एमाले पर्वतका उपसचिब शिव पौडेलको संयोजकत्वमा १ सय ६७ सदस्यीय मुल व्यवस्थापन समिति गठन गरिएको छ । त्यसैगरी नेकपा एमालेका सातै पालिकाका अध्यक्षहरुको संयोजकत्वमा पालिकास्तरीय परिचालन उपसमिति, जिल्ला सदस्य गणेश गिरीको संयोजकत्वमा प्रचार प्रसार उपसमिति गठन गरिएको छ ।
त्यसैगरी मिनप्रसाद श्रेष्ठको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति, कमला पन्तको संयोजकत्वमा अतिथि सत्कार उपसमिति,ि राजेन्द्र श्रेष्ठको संयोजकत्वमा यातायात व्यवस्थापन उपसमिति र थमनारायाण पौडेलको संयोजकत्वमा स्वंसेवक परिचालन उपसमिति गठन गरिएको छ । आम सभाका लागि हरिओम शर्मा लामिछानेको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति गठन गरिएको छ । जसको सदस्यमा केदारनाथ शर्मा, ठाकुरवि पौडेल, रुद्र गिरी र सातवटै पालिका कमिटिका अध्यक्षहरु रहनुभएको छ । त्यसैगरी केदारनाथ शर्माको संयोजकत्वमा सांस्कृतिक तथा झाँकी व्यवस्थापन उपसमिति गठन गरिएको छ ।
आमसभा सदरमुुकामको बान्द्रेबिडी चौरमा गरिने भएको छ । आमसभाको तयारीका बारेमा मुल व्यवस्थापन समितिले सोमवार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । पत्रकार सम्मेलनमा एमाले केन्द्रीय सदस्य कल्पना चापागाई, जिल्ला अध्यक्ष राजु पौडेल र मुल संयोजक शिव पौडेलले कार्यक्रमको उद्धेश्य,आवश्यक तयारी लगायतका बारेमा जानकारी दिनुभएको थियो ।
कार्यक्रममा धेरै भन्दा धेरै नागरिकको सहभागिता गराउने, अन्य दल परित्याग गरी एमाले प्रवेश गर्नेहरुलाई सदरमुकामसम्म ल्याउने लगायत चुनावी रणनीतिक अन्तर्गत गरिने बताईएको छ । पत्रकार सम्मेलनको संचालन प्रचार विभाग प्रमुख तथा उपसचिब विमल लामिछानेले गर्नुभएको थियो ।