पर्वतको मोदी गाउँपालिकाका सवै वडामा हेलिप्याड निर्माण गरिने - News site from Nepal

पर्वत –  पर्वतको मोदी गाउँपालिकाले सवै वडामा हेलिप्याड निर्माण गर्ने भएको छ ।
गाउँपालिका नागरिकहरु बिरामी पर्दा वडा अन्य विपद्का घटनामा आकस्मिक उद्धार तथा राहत प्रदान गर्न सकियोस भनेर गाउँपालिकाका ८ वटै वडामा हेलिप्याड निर्माण गरिने भएको हो । गाउँपालिकाले शुक्रवार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष ०७९/८० को बार्षिक नीति, कार्यक्रम तथा बजेटमा सवै वडाको केन्द्रबिन्दुमा एक/एक वडा हेलिप्याड निर्माण गरिने भएको हो ।
पालिकाका ८ वटै वडामा यातायाताको सुविधा पुगेको छ । त्यसमध्ये धेरैजसो वडामा पक्की सडकको समेत पहुँच रहेको छ । तर पनि विकट बस्तीहरुमा आकस्मिक उद्धार र राहत तथा अन्य भैपरी आउने घटनाहरुका लागि हेलिप्याड बनाउने कार्यक्रमलाई प्राथमिकताका साथ राखिएको गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार उपयुक्त स्थानको छनौट गरेर आगमी आर्थिक वर्षभित्रै सवै वडामा हेलिप्याड बनाउन बजेट समेत बिनीयोजन गरिएको जानकारी दिनुभयो ।
गाउँपालिकाले २० युनिट सम्मको विद्युतको शुल्क व्यहोर्ने गरी रु १८ लाख बिनियोजन गरेको छ । आगामी वर्षको नीति तथा कार्यक्रममा उद्यमशिलताको विकास, स्वरोजगारमुलक कार्यक्रम, स्वरोजगार धितो कोष, बृहद कृषि गुरुयोजना, प्राविधिक कृषि शिक्षा, कृषि एम्बुलेन्स, पाडापाडी संरक्षण, कोल्ड स्टोर निर्माण, रैथाने बाली प्रवद्र्धन, कृषक राहत कार्यक्रम जस्ता कुराहरुलाई प्राथमिकतामा राखिएको अध्यक्ष शर्माले बताउनुभयो ।
गाउँपालिका भित्र रहेका पर्यटकीय स्थलहरुको विकास र प्रवद्र्धन गर्न संघ र प्रदेशसँग सहकार्य गरेर विभिन्न कार्यक्रम संचालन गरिनेभ एको छ । त्यसैगरी सवै वडामा बर्थिङ सेन्टर स्थापना, सुत्केरीसँग अध्यक्ष कार्यक्रम, गाउँपालिकाको केन्द्रमा बृहद सार्वजनिक पुस्तकालय समेत स्थापना गरिने भएको छ । त्यसैगरी दिदीबहिनीसँग अध्यक्ष कार्यक्रम, युवासँंग उपाध्यक्ष कार्यक्रम लगायतका नयाँ कार्यक्रम समेत पालिकाले सार्वजनिक गरेको छ ।
बजेट अघि गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माले प्रस्तुतत गरेको निति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भएको छ । यो खवर धौलागिरि सञ्चार साप्ताहिकमा प्रकाशित छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2022 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!