जनप्रतिनिधिको विवादले फलेवासमा नगरसभा हुन सकेन - News site from Nepal
जनप्रतिनिधिको विवादले फलेवासमा नगरसभा हुन सकेन

पर्वत – पर्वतका सात स्थानिय तह मध्ये ६ वटा स्थानिय तहले असार १० गते नै निति तथा कार्यक्रम र बजेट पारित गरेपनि फलेबास नगरपालिकामा भने नगरसभा सम्पन्न हुन सकेको छैन ।
फलेबास नगरपालिकामा निति तथा कार्यक्रम र बजेटका बिषयमा बिबादका कारण नगरसभा सम्पन्न हुन नसकेको हो ।
नगरसभाको तयारीका लागि बसेको कार्यपालिकाको बैठकमा निति तथा कार्यक्रममा समाबेश गर्ने बिषयमा गठबन्धन र नेकपा(एमाले)का प्रतिनिधीका बिचमा सहमति कायम नहुँदा नगरसभा नै बस्न नसकेको हो । नगरपालिकाका मेयर गंगाधर तिवारीले कार्यपालिकाको बैठकमा निति तथा कार्यक्रमका सबै बिषयहरु सहितको प्रस्ताब पेश नगरेको आरोप नेकपा(एमाले)का प्रतिनिधीले लगाएका छन भने नेपाली कांग्रेसका प्रतिनिधीले कर छुट दिने र फलेबासमा नगरबस सञ्चालन गर्ने बिषयमा एमालेले असहमति जनाएका कारण नगरसभा हुन नसकेको दाबी गरेका छन ।
शुक्रबार भएको कार्यपालिका बैठकमा प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद श्रेष्ठले बुँदागत रुपमा निति तथा कार्यक्रम प्रस्तुत गरेपछि एमालेका प्रतिनिधीहरुले लिखित रुपमै सबै निति तथा कार्यक्रम कार्यपालिकाबाट पारित गर्न माग गरेका थिए । एमालेका प्रतिनिधीहरुले कार्यपालिका वैठक र सभा व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि बिषयगत समितिको बैठक राख्ने, राजस्वका दरहरुका बारेमा निणर्य गर्नुपर्ने, नगर सभामा पेश गर्ने प्रस्तावहरु नगर कार्यपालिकाले पास गर्नुपर्नेमा मेयरले कार्यपालिका वैठकमा पेश नै नगरेको तथा नीति तथा कार्यक्रम कार्यपालिकामा छलफल गरी स्विकृत गर्नुपर्नेमा कार्यपालिकामा प्रस्तुत र छलफल नै नै नभएको आरोप लगाएका छन ।
एमालेको तर्फबाट कार्यपालिकाका सदस्य नेत्रबहादुर बिश्वकर्माले मेयरले ऐन बिपरित चोरबाटोबाट नगरसभा सम्पन्न गर्न खोजेका कारण बिरोध गर्नुपरेको बताउनुभयो । ‘कार्यपालिकामा निति तथा कार्यक्रमलाई घनिभूत रुपमा छलफल गर्नुपर्ने र सुझाब सहित तयार पार्नुपर्छ ।’ उहाँले भन्नुभयो ‘डायरीमा लेखेर दुई चार बुँदा सुनाउने तर कार्यपालिका सदस्यलाई पढ्न समेत दिइएन ।’
फलेबास नगरपालिकाका प्रबक्ता अच्युत तिवारीले प्रमुख प्रशासकीय अधिकृतले निति तथा कार्यक्रमका मुख्य बुँदाहरु कार्यपालिकामा प्रस्तुत गरेको बताउनुभयो । उहाँले निति तथा कार्यक्रममा फलेबास नगरपालिकाले नगरबस सञ्चालन गर्ने तथा कोभिडका कारण मर्कामा परेका जनतालाई २५ प्रतिशत कर छुट दिने कुरामा नै असहमति राखेर कार्यपालिकाका सदस्यहरु बाहिर गएको दाबी गर्नुभयो । ‘एमालेबाट निर्वाचित केही कार्यपालिका सदस्यले नगरबस सञ्चालन र कर छुटको कुरालाई असहमति राखेर बाहिर जानुभएको हो ।’ उहाँले भन्नुभयो ‘मेयरसाबले सहमतिका लागि आउनुस भन्दा पनि बहुमतको दम्भ देखाएर हिड्नुभयो ।’
फलेबासमा मेयर र उपमेयर गठबन्धनले जितेको छ भने कार्यपालिका र नगरसभामा एमालेको बहुमत छ । एमालेको समर्थन बिना कार्यपालिका र नगरसभाले निणर्य गर्न सक्दैन । एमालेका तर्फबाट कार्यपालिका सदस्य बिकले मेयरले कानुन अनुसार अब सहमतिका आधारमा नगरसभा बोलाउनुपर्ने बताउनुभयो । प्रबक्ता तिवारीले भने बहुमतले जहिले सहमतिका लागि आउँछन त्यही समयमा नगरसभा हुने जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2022 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!