पर्वतको ठानामौलामा गोरु मार्न खोज्ने एक व्यक्ति पक्राउ - News site from Nepal
पर्वतको ठानामौलामा गोरु मार्न खोज्ने एक व्यक्ति पक्राउ

पर्वत – पर्वतको फलेवास नगरपालिका वडा नं. ८ ठानामौला स्थित डढेलामा गोरु मार्ने नियतले घरेलु हतियार प्रयोग गरी घाईते बनाउने एक व्यक्रि पक्राउ परेका छन् ।
स्थानीय मन बहादुर नेपालीको पाखो बारीमा फलेवास नगरपालिका वडा नं. ७ लिमिठानाका दलबहादुर श्रेष्ठको गोरु मार्ने नियतले घाईते बनाएका स्थानीय राम बहादुर सार्की पक्राउ परेका हुन् । घरेलु हतियार प्रयोग गरी घाईते बनाएको भन्ने खबर पछि खटिएको प्रहरी टोलिले सार्कीलाई आइतवार पक्राउ गरेको हो ।
घाईते भएको गोरुलाई गोरु धनी फलेवास नगरपालिका वडा नं. ७ लिमिठानाका दल बहादुर श्रेष्ठको जिम्मा लगाईएको प्रहरी निरिक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
पक्राउ परेका सार्कीलाई पशु सम्बन्धी कसुर अन्तर्गत गाई, गोरु मार्न वा कुट्न नहुने कसुरमा सोमवार मुद्दा दर्ता गरी पर्वत जिल्ला अदालतबाट पहिलो पटक दिन २० को म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरी निरिक्षक अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!