जलजलामा अध्यक्ष र उपाध्यक्षद्धारा पदभार ग्रहण - News site from Nepal
जलजलामा अध्यक्ष र उपाध्यक्षद्धारा पदभार ग्रहण

पर्वत – जिल्लाको जलजला गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष पदभार ग्रहण गरेका छन् । शुक्रबार सपथ लिए लगतै अध्यक्ष राजु आचार्यले पदभार ग्रहण गरेका हुन् ।

मुख्य निर्वाचन अधिकृतबाट सपद लिएका आचार्यले पदभार ग्रहण गरेसंगै उपाध्यक्ष र नगर सभाका सदस्यहरुलाई पनि सपग गराएका थिए । अध्यक्ष आचार्यले सपथ गराएसंगै उपाध्यक्ष दिपक आचार्यले पनि शुक्रबार नै पदभार ग्रहण गरेका छन् ।

अध्यक्ष आचार्य नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन भने उपाध्यक्ष आचार्य माओवादी केन्द्रबाट निर्वाचित भएका हुन् । पदभार ग्रहण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले अध्यक्ष र उपाध्यक्षलाई कार्यालयमा स्वागत गरेका थिए ।

पदभार ग्रहण पछि अध्यक्ष आचार्यले जलजला गाउँपालिकालाई सम्बृद्ध बनाउन आफूले विशेष प्रयास र पहल गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2022 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!