पर्वतको विहादीको अध्यक्षमा काँग्रेसका गुरुङ र उपाध्यक्षमा एमालेका तिवारी बिजयी - News site from Nepal

पर्वत –  पर्वतको बिहादी गाउँपालिकाको अध्यक्षमा गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका परविन गुरुङ निर्वाचित हुनुभएको छ ।
गुरुङ ३ हजार ४६९ मत ल्याएर विजयी हुनुभएको हो । उहाँले नेकपा एमालेका उम्मेदवार ओम कुँवरलाई लाई ५३२ मतान्तरले पराजित गर्नुभएको छ । पराजित ओम कुँवरले २ हजार ९ सय ३७ मत ल्याउनुभएको छ ।
उपाध्यक्षमा भने नेकपा एमालेकी मिना तिवारी निर्वाचित हुनुभएको छ । तिवारीले ३ हजार २२७ मत ल्याएर विजयी हुँदा गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेकपा माओवादीका सन्तबहादुर गुरुङले ३ हजार ५० मत ल्याउनुभयो ।
६ वडा रहेको विहादी गाउँपालिकामा ३ वडामा एमाले २ मा काँग्रेस र १ वडामा माओवादी विजयी भएको छ । वडा नं. १, ३, ५ मा नेकपा एमाले, २, ४ मा काँग्रेस र वडा नं. ६ मा माओवादी केन्द्रमा उम्मेदवार बिजयी भएका हुन् । यो सँगै पर्वतका ७ वटै स्थानीय तहको मतगणना सम्पन्न भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!