पर्वतमा जीप र बस ठोक्किदा जीप चालकको मृत्यु, १३ घाईते - News site from Nepal
पर्वतमा जीप र बस ठोक्किदा जीप चालकको मृत्यु, १३ घाईते

पर्वत- पर्वतको कुश्मा नगरपालिका-८ चुवा स्थित परादीमा जीप र बस ठोक्किएर भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जीपका चालक बागलुङको काठेखोला गाउँपालिका वडा नं. ७ का ३१ वर्षिय लालबहादुर थापा मगर रहेका छन् । दुर्घटनामा परी १३ जना घाइते भएका छन् । घाईते मध्ये तीन जनाको अवस्था गम्भीर छ । उनिहरुलाई थप उपचारका लागि पोखरा रेफर गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । अन्य १० जनाको जिल्ला अस्पताल पर्वतमा उपचार भैरहेको छ ।
बागलुङबाट पोखराका लागि छुटेको ग १ ज ७२५६ नम्बरको टाटा सुमो र पोखराबाट कुश्माका लागि छुटेको ग १ ख ५२१८ नम्बरको बस ठोक्किदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए । जिप सडकबाट हुत्तिएर सडकबाहिरको नालीको भागमा पुगेको छ ।
केही घाइतेहरूलाई जिपभित्रै च्यापिएको अवस्थामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरेका थिए । अहिले उपचार नै चलिरहेको कारण सबै घाइतेहरूको पहिचान खुलि नसकेको इन्स्पेक्टर अधिकारीले बताए । ट्राफिक प्रहरी नारायण श्रेष्ठका अनुसार बस गलत दिशाबाट गुडेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।
तस्विर पनि छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2022 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!