पर्वतको परादीमा बस र जीप ठोक्किदा १३ जना घाईते, केहिको अवस्था गम्भीर - News site from Nepal

पर्वत- पर्वतको कुश्मा नगरपालिका-८ चुवा स्थित परादीमा जीप र बस ठोक्किएर भएको दुर्घटनामा १३ जना घाइते भएका छन् । बागलुङबाट पोखराका लागि छुटेको ग १ ज ७२५६ नम्बरको टाटा सुमो पोखराबाट कुश्माका लागि छुटेको ग १ ख ५२१८ नम्बरको बससँग जुध्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए ।
जिप सडकबाट हुत्तिएर सडकबाहिरको नालीको भागमा पुगेको छ । केही घाइतेहरूलाई जिपभित्रै च्यापिएको अवस्थामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरेका थिए । घाइते सबैलाई उपचारको लागि पर्वत अस्पतालमा लगिएकोमा अवस्था गम्भीर रहेकोले पोखरा पठाइसकिएको र अन्य घाइतेहरूको पनि परीक्षण र उपचार चलिरहेको प्रहरीले बताएको छ ।
अहिले उपचार नै चलिरहेको कारण सबै घाइतेहरूको पहिचान खुलि नसकेको इन्स्पेक्टर अधिकारीले बताए । ट्राफिक प्रहरी नारायण श्रेष्ठका अनुसार बस गलत दिशाबाट गुडेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2022 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!