पर्वतको पैंयुमा एमालेले टुंगायो उमेदवारहरु (नामावली सहित) - News site from Nepal

पर्वत / नेकपा एमालेले जिल्लाको पैयू गाउँपालिकामा उमेदवारहरु सर्वसहमत छनौट गरेको छ । एमालेले आगामी बैशाख ३० गते तय भएको स्थानीय तहको निर्वाचनको लागि पैयूँ गाउँपालिका नेकपा एमालेको तर्फबाट सात वटै वडा अध्यक्षहरू र गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सर्वसहमत सिफारिस गरेको हो ।

गाउँपालिका अध्यक्षमा महेन्द्रकुमार श्रेष्ठ र उपाध्यषमा यमकुमारी रानालाई एमालेले सर्वसहमत छनौट गरी जिल्लामा सिफारिस गरेको छ । यसैगरी एमालेले वडा नम्बर १ मा प्रेम बहादुर राना, वडा न २ मय नरभुपाल काफ्ले वडा नं ३ मा चन्द्र बहादुर थापा, वडा न ४  टुकलाल न्यौपाने, वडा नं ५ मा निर्भिक नारायण भूर्तेल , वडा नं ६ मा गङ्गा अधिकारी, वडा नं ७ मा गङ्गा गुरुङलाई सर्वसहमत छनौट गरेको एमाले श्रोतले जनाएको छ । पैयू गाउँपालिकाका सवै वडाहरुमा वडा सदस्यहरु समेत सर्वहमत छनौट भएका छन् ।

सवै उमेदवारहरु सर्वसहमत भएपछि पैयूमा उमेदवारहरु घरदैलो गर्दै आफ्नो पक्षमा मत माग्न थालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!