
अन्तराष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय बाल दिवसको अवसर पारेर कुश्मा नगरपालिकाको आयोजनामा नगर स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ। बाल दिवसको अवसरमा बालबालिकाहरुमा रहेको रहेको प्रतिभा प्रस्फुटन गराउने लक्ष्य अनुसार कक्षा ८, ९ र १० बाट सहभागी गराउने गरी प्रतियोगिता सम्पन्न भएको हो। नगरपालिकाका शिक्षा अधिकृत दीपक सुवेदीका अनुसार प्रतियोगितामा नगरपालिकाका १९ वटा विद्यालयहरुले सहभागिता जनाएका थिए। प्रतियोगितामा कुश्मा बजारमा रहेको नारायण माध्यमिक विद्यालय प्रथम, कालीगण्डकी एकेडेमी द्धितिय, नमूना अङ्ग्रेजी आवासिय माध्यमिक विद्यालय तृतिय र सहिद स्मारक अङ्ग्रेजी आवासिय माध्यमिक सान्त्वना भएका छन्। उनीहरुले पुरस्कार स्वरुप क्रमश नगद १० हजार, ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ सहित प्रमाणपत्र पाएका छन्। १९ समूहबिच भएको छनौट चरणको प्रतिस्पर्धामा उत्कृष्ट ८ ठहरिएका विद्यालयहरुलाई दोस्रो चरणमा रहेका विभिन्न भागमा सहभागी बनाइएको थियो। प्रथम भएको नारायण मा.वि.ले २०, दोस्रो भएको कालीगण्डकी एकेडेमीले १७, तेस्रो बनेको नमूना मा.वि.ले १४ र सान्त्वना बनेको सहिद स्मारकले १३ अङ्क पाएर उत्कृष्ट चारमा आएका हुन्। प्रतियोगितामा ५० प्रतिशत प्रश्नहरु पाठ्यक्रम तथा पाठ्यविषयबाट र ५० प्रतिशत प्रश्नहरु सामान्य ज्ञानबाट सोधिएको थियो।
कार्यक्रममा बोल्दै कुश्मा नगरपालिकाकी उपप्रमुख स्वस्थानी रिजालले प्रतिगितामा कुनै पोजिसनमा आउनु भन्दा पनि सहभागीता जनाउनु नै सबैभन्दा महत्वपूणर् भएको बताईन्। किताबी घोकाईले मात्रै विद्यार्थीमा सिर्जनशीलताको विकास नहुने भएकाले विद्यार्थीहरुलाई कक्षाकोठा बाहिरका शैक्षिक तथा सामाजिक क्रियाकलापहरुमा पनि सहभागी हुनुपर्ने बताइन्। यस्तै कुश्मा नगरपालिकाको सामाजिक विकास समितिका संयोजक ईश्वर गिरीले विद्यालयहरुले प्रतिभा प्रस्फुटन गर्ने अवसरहरु विद्यार्थीलाई दिन सकेमा उनीहरुमा निखारता आउने बताए। कक्षाकोठामा मात्रै रटान गरिने अध्ययनले विद्यार्थीमा परिवर्तन नल्याउने भएकाले प्रयोगात्मक शैलीको विकल्प नरहेको उनको भनाई छ। शिक्षा शाखाका प्रमुख बिष्णुप्रसाद तिवारीले आफूहरुले सकेसम्म विद्यार्थीहरुको प्रतिभा र क्षमतालाई बाहिर ल्याउने खालका कार्यक्रमहरुमा केन्द्रित रहेको बताउँदै आउँदा दिनमा पनि यस्तै खालका प्रतिस्पर्धात्मक कार्यक्रमहरुको आयोजना गरिने बताए। नगरपालिकाभित्रका धेरै विद्यालयहरुले शैक्षिक अवस्थामा सुधार गरिरहेको बताउँदै उनले त्यसका लागि शिक्षकको मिहिनेत र विद्यार्थीको लगनशीलता चाहिने उल्लेख गरे। शिक्षा अधिकृत अर्जुन पौडेलको स्वागत र शिक्षा शाखाका प्रमुख तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा छनौट चरण, जनरल राउण्ड, अडियो राउण्ड, भिडियो राउण्ड र रेपिड फायर राउण्डका बिभिन्न सेसनहरु अधिकृत पौडेल र शिक्षा अधिकृतले दीपक सुवेदीले सञ्चालन गरेका थिए। पाठ्यक्रमलाई समेत समेटेर तयार पारेर विभिन्न बिधाबाट सोधिएका प्रश्नहरुमा विद्यार्थीहरुले राम्रो नतिजा ल्याउन सकेका उनीहरुको भनाई छ।