५८ औं वालदिवसको अवसरमा प्रा.वि स्तरीय वक्तृत्वकला सम्पन्न - News site from Nepal

५८ औं वालदिवस २०७९बालमैत्री समाजको आधारको जिम्मेवार परिवार उत्तरदायी सरकार भन्ने मुल नारका साथ यस श्री त्रिभुवन माध्यमिक विद्यालय मा “वाल अधिकार संरक्षणमा विद्यालयको भुमिका” शिर्षकमा अन्तर प्रावि स्तरीय वक्तृत्वकला सम्पन्न भएको छ ।वालदिवसको अवसरमा वालवालिकामा रहेको प्रतिभा प्रस्फुटन गराउने लक्ष्य अनुसार प्रा.वि स्तरीय वक्तृत्वकला सम्पन्न भएको हो ।
विद्यालयका प्रधानध्यापक हरि प्रसाद तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिमा फलेवास ३ का वडा अध्यक्ष अर्जुन बहादुर कार्की, फलेवासको नगर शिक्षा अधिकृत कृण्णा आर्चय ,टंकनाथ पौडेल,नेपाल शिक्षक संघ फलेवास अध्यक्ष पूणर्कुमार श्रेष्ठ, राष्ट्रिय शिक्षक संगठन फलेवास अध्यक्ष दिपक रेग्मी, क्रान्तिकारी शिक्षक संगठन अध्यक्ष विजयराज पौडेलको उपस्थित रहेको थियो । कार्यक्रममा ५ टिमको सहभागितामा रहेको थियो । प्रतियोगितामा प्रथम हुने श्री राम मावि का सुवास भुसाल, द्धितिय हुने संरचना भुसाल श्री त्रिभुवन मावि र तृतिय रन्जित वि क शंकरपोखरी बोडिङ्घ स्कुल भएका छन । उनिहरुले पुरस्कार स्वरुप क्रमश ः १ हजार ,७ सय , र ५ सय रुपैया सहित प्रमाणपत्र वितरण गरिएको थियो ।पुरुस्कारको सौजन्य विद्यालयका प्रधानध्यापक हरी प्रसाद तिवारीले गर्नु भएको थियो ।कार्यक्रममा स्वागत मन्तव्य शिक्षक प्रकाश शर्मा रेग्मी ,विद्यार्थी किशोर सापकोटाले गर्नुभएको थियो त्यस्तै शुभकामना मन्तव्यमा सेवानिवृत शिक्षकहरु पे्रम प्रसाद भुसाल,गणेश प्रसाद तिवारी, श्री त्रिभुवन माध्यमिक विद्यालयका शिक्षक राजुप्रसाद भुसाल लगायतले दिनुभएको थियो ।कार्यक्रममा प्रमुख अतिथि कार्कीले विद्यालयको वृद्धि र विकासमा जुनसुकै अवस्था पनि विद्यालयलाई सहयोग गर्न प्रतिवद्धता गर्नुभएको थियो। फलेवास सरकारले शिक्षकहरुको मनोवल उच्च राख्न सम्मान कार्यक्रम गदै आएको र यस्ता कार्यक्रम निरन्तर भईरहने जसले शैक्षिकमा नयाँ जोस जागर ल्याउने भनि वताउनु भएको छ ।उक्त वक्तृत्वकला कार्यक्रम संचालक शिक्षक चन्द्र शेखर तिवारीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!