पर्वतको भंगरामा पोखरीमा डुबेर सशस्त्र प्रहरी जवानको ज्यान गयाे - News site from Nepal

पर्वत – पर्वतको फलेवास नगरपालिका वडा नं. ९ भंगरामा रहेको पोखरीमा डुबेर एक सशस्त्र प्रहरी जवानको ज्यान गएको छ । स्याङ्जा जिल्ला अर्जुन चौपारी गाउँपालिका वडा नं. ५ घर भइ हाल सशस्त्र प्रहरी बल २३ नम्बर गण भानु नगरपालिका तनहुँमा कार्यरत सशस्त्र प्रहरी जवान गिरिजा सापकोटाको डुबेर ज्यान गएको हो ।

उहाँ कार्यरत गणबाट बिदामा घर आउनुभएकाे थियाे । साथीहरुसँग पर्वतकाे भंगरामा पर्ने जलजला घुम्न गएकाे बेला शुक्रबार पाेखरीमा डुबेर ज्यान गएको हो । त्याे ठाउँ स्याङ्जा र पर्वतको सीमा क्षेत्रमा पर्छ । दिउँसो ४ बजेको समयमा पोखरीमा डुबेर बेपत्ता भएका सापकोटाको साँझ ६ बजे मात्रै शव निकालिएको थियो । अहिले शव पोष्टमार्टमका लागि पर्वत अस्पतालमा ल्याइएको छ ।

परिवार सम्पर्कमा आएपछि मृतकको शव पोष्टमार्टम गरी प्रहरीलाई बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक प्रकाश रावतले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!