प्रेस चौतारी पर्वतको छैटौ अधिवेशन सम्पन्न : अध्यक्षमा अखेली - News site from Nepal

पर्वत- प्रेस चौतारी नेपाल पर्वत जिल्ला शाखाको छैटौ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पत्रकार कृष्ण अखेलीको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । समितिको उपाध्यक्षमा सुवास लामिछोन, महिला उपाध्यक्षमा रमा सुवेदी -शान्ति) सचिबमा दिपेश विश्वकर्मा, सहसचिबमा राजन पौडेल र दुर्गा शर्मा, कोषाध्यक्षमा विकासराज पौडेल रहनुभएको छ ।
त्यसैगरी सदस्यहरुमा डिलबहादुर विक, कमला लामिछाने, गिता कुमारी शर्मा, राजेन्द्र भुषाल, रामचन्द्र भुसाल, बसन्त चापागाई, बसन्त थापा, निषा थापा, रमेश पौडेल र महेश भुषाल रहनुभएको छ । नवनिर्वाचित कमिटिलाई प्रेस चौतारीका प्रदेश कमिटि अध्यक्ष सुष्मा पौडेलले सपथ ग्रहण गराउनुभएको थियो ।
प्रेस चौतारीका केन्द्रीय सदस्य गणेश पौडेलको संयोजकत्वमा पत्रकार महासंघका अध्यक्ष सन्तोष थापा र प्रेस चौतारीका केन्द्रीय सदस्य लक्ष्मण सापकोटा सदस्य रहेको अध्यक्ष मण्डलले सर्वसम्मत कमिटि घोषणा गरेको हो ।
यस अघि आयोजित उद्घाटन कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य कल्पना चापागाई, पदम गिरी, नेकपा एमाले पर्वतका अध्यक्ष राजु पौडेल, प्रेस चौतारी नेपालका पूर्व बरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद शर्मा, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष सन्तोष थापा लगायतले बोल्नुभएको थियो ।
अध्यक्ष गणेश गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष कृष्ण अखेली र संचालन सचिब सुवास लामिछानेले गर्नुभएको थियो । अधिवेशनकै अवसरमा बनभोज कार्यक्रम समेत गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!