आदर्श आवासीय मावि कुश्मामा नतिजा प्रकाशन तथा पुरस्कार वितरण - News site from Nepal

पर्वत- आदर्श अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालय कुश्मा पर्वतमा शैक्षिक सत्र २०७९को प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालय सञ्चालक समितिका कोषाध्यक्ष पृथ्वीनारायण शर्मा र विद्यालय सञ्चालक समितिका सदस्य एवम् शिक्षक छनौट समितिका संयोजक बसन्तबहादुर सिकेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो उक्त नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रममा कक्षा नर्सरी देखि कक्षा दश सम्मका प्रथम, द्वितिय, तृतीय र चर्तुथ स्थान हासिल गर्ने विद्यार्थीहरुलाई प्रमुख अतिथिबाट प्रमाण पत्र तथा पुरस्कार वितरण एबम् विद्यालयका प्रिन्सिपल हिमबहादुर पौडेल क्षेत्री र कक्षा शिक्षकद्वारा टीका प्रदान गरिएको थियो ।
कार्यक्रममा सम्पूणर् उपस्ििथत अतिथीलाई स्वागत गर्दै विद्यालयका प्रिन्सिपलश्री हिमबहादुर पौडेल क्षेत्रीले विभिन्न स्थान हासिल गर्न सफल सम्पूणर् विद्यार्थीहरुलाई बधाई दिदै आगामि दिनमा अझ बढी सफलता हासिलका लागि सबै विद्यालर्थीहरुले अझैं मिहिनेत र परिश्रम गरी आफ्नो नतिजालाई अझ उच्च राख्दै आफुलाई अब्बल बनाउनका लागि निरन्तर लाग्नु पर्ने बताउनुभयो । साथै नया“ पाठ्यक्रम र मूल्याङ्कन प्रणालीका बारेमा समेत प्रकाशपार्नू भएको थियो ।
कार्यक्रममा सञ्चालक समितिका सदस्य एवम् शिक्षक छनौट समितिका संयोजक बसन्तबहादुर सिकेद्वारा हुने विरुवाको चिल्ले पातभने झैं जुन विद्यार्थीहरु सानै देखि मिहिनेती र लगनशील हुन्छन् ती विद्यार्थीहरुले भविष्यमा पनि राम्रो गर्नसक्ने निस्चित भएकाले विद्यार्थीहरुलाई सानैबाट लागशील र मिहिनेती हुन शिक्षक तथा अभिभावकले उत्प्रेरणा दिनुपर्ने कुरामा जोड दिनुभयो । विद्यार्थीहरुको चौतर्फी विकासका लागि समय सापेक्ष आवश्यक पर्ने जुनसुकै कुरामा विद्यालय परिवार सधैं अग्रसर रहने कुराको जानकारी गराउ“दै शिक्षक,विद्यार्थी र अभिभावकको त्रिकोणत्मक सम्बन्धबाट मात्रै शैक्षिक गुणस्तर कायमगर्न सकिेनु कुरा बताउनुभयो ।
त्यसै गरी विद्यालय सञ्चालक समितिका कोषाध्यक्ष पृथ्वीनारायण शर्माले आफ्नो मन्तव्य राख्दै विद्यालय २१ औं शताब्दीको शिक्षालाई प्रविधि मैत्री बनाउन मा विद्यालय हर किसिमले लागि परेको र भविष्यमा पनि लागि परिरहने कुरामा जोड दिदै शिक्षक विद्यार्थीहरुले यस विषयमा पनि बिशेष लागि परि सिकाईलाई उपलब्धिमूलक बनाउनुपर्ने सुझाव दिनु भयो ।
यस विद्यालयका कक्षा के.जी. बि की मेधावी छात्रा एकता चापागाइ“को शुभजन्मोत्सब मनाउद“ै शुभकामना प्रदान गरिएको थियो । जन्मदिनको अवसरमा छात्रा एकता चापागाईका बुबा गोकुल चापागाई र आमा सृजना गूरुङद्वारा कक्षा नर्सरी देखि दुई सम्मका सम्पूणर् विद्यार्थीहरुलाई शिशा कलम र शिक्षकका लागि कलम वितरण गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका एकेडेमिक प्रमुख कमल थापाले धन्यवाद मन्तव्य राख्दै सम्पूणर् विद्यार्थीहरुलाई शुभकामना प्रदान गर्नु भएको थियो । उपस्थित सबैमा रुक्षाबन्धन तथा जनै पूणर्िमा २०७९ को शुभकामना आद्रनप्रदान सहित कार्यक्रमको समापन भएको थियो । उक्त कार्यक्रमको सञ्चालन विद्यालयका सहायक एकेडेमिक प्रमुख मिनबहादुर थापा र प्राइमरी इन्चार्ज अर्जून शर्मा सापकोटाले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!