एमाले पर्वतले सातै पालिकामा भोली सरकारको बेथिती महङ्गी र भ्रस्टाचार विरुद्ध प्रदर्शन गर्ने - News site from Nepal

पर्वत- प्रमुख प्रतिपक्षि दल नेकपा एमाले पर्वतले बर्तमान सरकारको बेथिती महङ्गी र भ्रस्टाचारको बिरुद्ध जिल्लाका ७ वटै पालिकामा एकै साथ आन्दोलन गर्ने भएको छ ।
एमाले पर्बतले यहि साउन २५ गते सदरमुकाम कुश्मा बजार लगायत पर्बतका सबै पालिकामा बृहत् प्रदर्शन गर्ने भयको हो । नेकपा एमाले गण्डकी प्रदेशले यस प्रदेशका सबै जिल्ला र पालिकाहरुमा एकसाथ आन्दोलनका कार्यक्रम गर्ने निणर्य गरे बमोजिम साउन २५ गते पर्बतमा पनि बिरोधको कार्यक्रम आयोजना गरिएको नेकपा एमाले पर्बतका पार्टी सचिब गोबिन्द पहाडिले जानकारी दिनुभयो ।
सोमबार नेकपा एमाले पर्बतको पार्टी कार्यलयमा आयोजित एक कार्यक्रममा उपस्थित विभिन्न जनबर्गिय संगठनका प्रमुखहरुलाई पार्टी जिल्ला अध्यक्ष राजु पौडेलले उक्त आन्दोलनलाई लाइ ससक्त बनाउन निर्देशन समेत दिनुभयो ।
पर्बतका ७ पालिकामा आयोजना हुने उक्त आन्दोलनको अगुवाइ भने पार्टिका विभिन्न जनबर्गिय संगठनहरुले गर्ने भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!