प्रमुख समाचार

पर्वतको पिपलटारीमा जसपाको वडा कमिटि गठन

By लोकतन्त्र अनलाईन

January 09, 2022

पर्वत- जनता समाजवादी पार्टी नेपालको कुश्मा नगरपालीका वाड नम्बर १० पिपलटारीमा भेला सम्पन्न भएको छ । भेलाले सुर्यकुमारी अधिकारीको नेतृत्वमा १७ सदस्यीय वाड कमिटि गठन गरेको छ । कमिटिको उपाध्यक्षमा डासीराम सुवेदी रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा यामबहादुर नेपाली, सुर्य नेपाली, लिला पंगेनी,प्रेमप्रसाद अिधकारी, कुशल अधिकारी, खगेश्वर अधिकारी, हेमशर्मा अधिकारी, दर्गा अधिकारी र पार्वती कुमारी पौडेल लगायत रहनुभएको छ । भेलामा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य महेन्द्र जिसि, केन्द्रीय सदस्य ढाकाराम गौतम, पार्टीका जिल्ला सल्लहाकार संयोजक केमनाथ अधिकारी जसपाका जिल्ला अध्यक्ष देबिकुमारी क्षेत्री, जिल्ला सदस्य तथा महिला समाजवादी संगठनका जिल्ला अध्यक्ष इन्दिरा अधिकारी, कुश्मा नगरपालीकाका अध्यक्ष मोहदत्त अधिकारी, जिल्ला सदस्य तथा चुवाका वाड अध्यक्ष रामचन्द्र उपाध्याय,समाजवादी दलित संघका जिल्ला अध्यक्ष डिल बहादुर नेपाली, जिल्ला सदस्य धर्म सुवेदी, कुनपा ९ वडा अध्यक्ष शिव ढकाल, जिल्ला सदस्य कुल प्रसाद अधिकारी लगायतले बोल्नुभएको थियो । कार्यक्रम सुर्यकुमारी अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।