आगामी पाँच वर्षमा पनि कुनै भेदभाव नगरि काम गर्छु ः मेयरका उम्मेदवार जोशी - News site from Nepal

पर्वत- पर्वतको कुश्मा नगरपालिका ३ दुर्लुङमा भव्य सहभागिता सहित सत्ता गठबन्धनको चुनावी सभा आज सम्पन्न भएको छ । गठबन्धनका साझा उम्मेदवार सहित भएको चुनावी सभामा उपस्थित भएका नेताहरुले गठबन्धनको जीत सुनिश्चित भैसकेको बताउनुभएको थियो ।
संघीय साँसद लालकाजी गुरुङ, पूवर्प सभापति नवराज गुरुङ, जिल्ला उपसभापति डाक्टर चुडामणी शर्मा लगायतका नेताहरुले कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धनका उम्मेदवारहरुलाई विजयको शुभकामना दिनुभयो । कोणसभामा अन्य धेरै वक्ताहरुले बोल्नुभएको थियो । दुर्लुङमा भएको विकास निर्माणका कामको जस अन्य पार्टीले लिन खोजेको भएपनि यहाँको विकास नेपाली काँग्रेसले नै गरेको नेताहरुले बताएका छन् ।
अबका दिनमा पनि विकासका काम गर्न नगरप्रमुखमा रामचन्द्र जोशी, उपप्रमुखमा शंकर गिरी, वडाध्यक्षमा लेखवहादुर गुरुङको टिमलाई विजयी गराउन वक्ताहरुले जोड दिएका छन् । नगरप्रमुखका उम्मेदवार रामचन्द्र जोशीले ठुला विकासका आयोजना र साना योजनाहरु स्थानीय सरकार मार्फत कार्यान्वयन भएका बताउँदै नागरिकका सानाठूला कामका लागि पाँच वर्षे अवधिमा कहिल्यै पनि अल्झाउने र भुलाउने काम नगरेको बताउनुभयो । आगामी पाँच वर्षमा पनि नागरिकका सबै काममा कुनै भेदभाव नगरि काम गर्नका लागि सबै दलका कार्यकर्ताहरुले आफुलाई ढुक्क भएर मतदान गर्न जोशीले आग्रह गर्नुभएको थियो ।
उपप्रमुखका उम्मेदवार शंकर गिरीले प्रदेश र संघ सरकार पनि गठबन्धनकै बन्ने बताउँदै गठबन्धनका उम्मेदवार लाई जिताएर गाउँको विकासमा समाहित हुन दुर्लुङवासीलाई अनुरोध गर्नुभयो । उहाँले गठबन्धनका उम्मेदवारहरु देशको विकास गर्ने सपना बोकेर चुनावी मैदानमा रहेको बताउँदै आफुहरुलार्य मतदान गर्न आग्रह गर्नुभएको थियो । कुश्मा लाई देशकै नमूना नगरपालिका बनाउने संकल्प रहेको गिरीले बताउनुभयो । वडाध्यक्षका उम्मेदवार लेखबहादुर गुरुङले पाँच दलिय गठबन्धनको जीतलाई कसैले रोक्न नसक्ने बताउनुभयो ।

यसैबिच पर्वतको कुश्मा नगरपालिका २ खुर्कोटको आयोजनामा मोटरसाईकल र्‍याली सहित कोणसभा सम्पन्न भएको छ । तरुणदलमा आबद्ध यूवाहरुले खुर्कोट गाउँ सबै परिक्रमा गरेर वडा पार्टी कार्यालय लाम्पाटामा कोण सभा गरेका हुन् ।
कोणसभालाई सम्बोधन गर्दै नेपाली काँग्रेस पर्वतका सचिव गुप्तनिधी शर्माले तरुण यूवाहरुको सृजनात्मक शक्तिका कारण गठबन्धनका उम्मेदवारलाई स्थानीय तह र आगामी सबै तहका निर्बाचनमा नेपाली काँग्रेस र सत्ता गठबन्धन विजयी हुने आधार देखेको बताउनुभएको छ । शर्माले पर्वतमा गठबन्धनका उम्मेदवार योग्य, सक्षम र इमान्दार रहेको बताउँदै उनीहरुको विजयले कुश्मा नगरपालिकाले कोल्टे फेर्ने विश्वास व्यक्त गर्नुभएको थियो । तरुणदलका अध्यक्ष सूर्यप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नगर समिति सदस्य विवेक गिरीले गर्नुभएको थियो ।
कार्यक्रममा प्रदेश क का सभापति राजकुमार क्षेत्री, कुश्मा नगरपालिका २ का अध्यक्ष पदका उम्मेदवार लालकृष्ण शर्मा , खुल्ला सदस्य उम्मेदवार गोपी नेपाली, पूर्व क्षेत्रीय सभापति गंगाधर पौडेल लगायतले बोल्नुभएको थियो । कार्यक्रमको स्वागत कोषाध्यक्ष सावित्री शर्माले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!