पर्वतमा नमुना मतदान कार्यक्रम सम्पन्न - News site from Nepal
पर्वतमा नमुना मतदान कार्यक्रम सम्पन्न

पर्वत- वैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनमा मत बदर कम गराउन शुक्रवार पर्वतको कुश्मामा नमुना मतदान गरिएको छ ।
निर्वाचन कार्यालय पर्वतको आयोजनामा नमुना मतपत्रमा मतदान गराईएको हो । नमुना मतदान कार्यक्रमको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले भोट हालेर उद्घाटन गर्नुभयो । विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज तथा सर्वसाधारणहरुलाई मतदानमा सहभागि गराईएको थियो ।
यस निर्वाचनमा मतदाता शिक्षा कार्यक्रम संचालन नभएको कारण मत बदर कम गराउन नमुना मतदान कार्यक्रम गरिएको निर्वाचन अधिकारी लक्षु शर्माल्े जानकारी दिनुभयो । नमुना मतदानमा महिला पुरुष, अशक्त र बृद्धबद्धाहरुको लाईन मिलाउने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने, गोप्य स्थानमा पुगेर उम्मेदवारलाई मतदान गर्ने र मतदातालाई मतपत्र पटयाउने तरिका सिकाईएको निर्वाचन अधिकारी शर्माले जानकारी दिनुभयो ।
कार्यालयले पर्चा पम्पलेट, सञ्चारमाध्यम, सामाजिक सञ्जाल, मोवाईलका टोन मार्फत पनि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ । पर्वतका राजनीतिक दल तथा उम्मेदवारहरु घरदैलोमा व्यस्त छन् तर मतदान कसरी गर्ने भन्ने कुरा मतदाताले थाहा पाएका छैनन् । दलहरुले मतदातालाई कसरी मत हाल्ने सिकाउन सकिरहेका छैनन् ।
मतदाता शिक्षा अभियान संचालन नहुदाँ यसपालिको निर्वाचनमा समेत मत बदरको संख्या बढ्न सक्ने जोखिम रहेको देखिन्छ । मुख्यगरी गठवन्धन दलका उम्मेदवारलाई मतदान गर्नेहरुको मत बढि बदर हुन सक्ने देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2022 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!