गाडीको ठक्करवाट घाईते बनेका अर्मादीका श्रेष्ठलाई सहयोग - News site from Nepal
गाडीको ठक्करवाट घाईते बनेका अर्मादीका श्रेष्ठलाई सहयोग

पर्वत- सवारी साधनको ठक्करवाट घाईते भई अपाङ्ग बनेका कुश्मा नगरपालिका वडा नं. ४ का गोपाल श्रेष्ठलाई विभिन्न सामाग्री सहयोग गरिएको छ ।
विगत दुई महिना अघि सवारीसाधनको ठक्करवाट घाईते बनेका श्रेष्ठको आर्थिक अवस्था न्यून भएपछि विभिन्न सामाजिक व्यक्ति तथा अपाङ्ग उत्थान समाज पर्वतले आर्थिक सहयोग गरेका हुन् ।


पोखरा र काठमाण्डौको अस्पतालमा लामो समयको उपचारपछि घर फर्किएका श्रेष्ठलाई एकथान लोवेड विस्तारा र खानपानका लागि आर्थिक सहयोग गरिएको हो । उनि बोल्न सक्दैनन् । मजदुरी पेशा गर्दै आएका श्रेष्ठलाई धेरैले लाटा भनेर चिन्ने गर्दछन् ।
कुश्माबजारमा भरियाको रुपमा कार्यरत श्रेष्ठलाई महाशिला गाउँपालिककाको गाडीले ठक्कर दिँदा एउटा खुट्टा भाँचिएको थियो भने अन्यत्र समेत गम्भिर चोट लागेको थियो । घरमा आफन्तको आश्रयमा बस्दै आएका उनि चिसो भुँईमा गुन्द्रीमा सुत्ने गरेको खबर पाएपछि सुत्नका लागि खाट र एक सेट विस्ताराका साथै खानपान गर्ने खर्चका लागि आर्थिक सहयोग गरिएको समाजसेवी कमलनाथ पोखरेलले जानकारी दिनुभयो ।


श्रेष्ठकै घरमा पुगेर समाजसेवी पोखरेल, पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष गोपि अधिकारी, पूर्व अध्यक्ष केदारनाथ शर्मा, सचिब राजन गुरुङ, ब्यावसायी देव शर्मा, अपाङ्ग उत्थान समाजका सल्लाहाकार जगन्नाथ शर्मा, गरिमा विकास बैंकका शाखा प्रमुख लोकेन्द्र केसीले सहयोग हन्तान्तरण गर्नुभएको हो । सहयोग पाएपछि अपाङ्ग बनेका श्रेष्ठ र परिवारमा राहत मिलेको छ ।
यो सहयोगले केहि दिनलाई मात्रै पुग्ने भएकाले उनको जीवनरक्षाका लागि थप सहयोगको आवश्यकता रहेको समाजसेवी पोखरेलले जानकारी दिनुभयो । उनको नाममा गरिमा विकास बैंक र प्राईम बैंकमा खाता समेत खोलिएकाले सहयोग गर्न चाहानले सोहि खातामा रकम जम्मा गरेर सहयोग गर्न सकिने पोखरेले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!