पर्वतको फलेवासले मन्त्रालयको निर्णय अवज्ञा गर्दै विद्यालय संचालन गर्ने - News site from Nepal

पर्वत- पर्वतको फलेवास नगरपालिकाका विद्यालयहरुमा भने नियमित पठनपाठन हुने भएको छ ।
संघीय सरकार शिक्षा मन्त्रालयले बढ्दो बायु प्रदुषणवाट विद्यार्थीहरुमा प्रतिकुल असर पर्न सक्ने भन्दै देशभरका विद्यालय शुक्रवारसम्म बन्द गर्न निर्देशन दिएपनि फलेवासले भने अटेर गरेको हो । फलेवासले मंगलवार सुचना जारी गर्दै पठनपाठन नियमित सुचारु गर्न निर्देशन दिएको छ ।
फलेवास नगरपालिकामा वायु प्रदुषणको असर धेरै नभएको र लामो समय कोभीडका कारण बन्द भई खुलेका विद्यालयमा थप पठनपाठन प्रभावित हुने भएकाले साविककै अवस्थामा कक्षा संचालन हुने जनाएको छ ।
निमित्त प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद आचार्यले सुचना जारी गर्दै नियमित रुपमा कक्षा संचालन गर्न र आवश्यक स्वास्थ्य मापदण्ड भने पालना गर्न आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!