प्रमुख समाचार

पत्रकार महासंघ पर्वतको साधारणसभा पर्यटकीय गाउँ चित्रेमा सम्पन्न

By लोकतन्त्र अनलाईन

January 30, 2021

पर्वत- नेपाल पत्रकार महासंघ पर्वतको ११ औँ साधारण सभा पर्वतको पर्यटकीय स्थल चित्रेमा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले पत्रकारहरुले तीनै तहका राज्यमा वाच डगको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । उहाँले निष्पक्ष र तटस्थ पत्रकारितानै अहिलेको आवश्यकता रहेको बताउँदै समाजका खराब पक्षहरुलाई सहि दिशामा हिडाउनका लागि पत्रकारहरुको महत्वपुणर् भूमिका रहेको बताउनुभयो । उहाँले खाली नराम्रा खबरहरुलाई बढि प्राथमिकता दिने गरेको बताउँदै तीनै तहले गरेका राम्रा कामहरुलाई पनि उत्तिकै महत्वका साथ प्रचार प्रसार गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले प्रविधिले फड्को मारिसकेको अवस्थामा हामीले हाम्रो पत्रकारितालाई विकाउ बनाउन चुनौती रहेको बताउँदै अब पुरानै शैलिको पत्रकारिताले नहुने बताउनुभयो । खोज र अनुसन्धानलाई बढावा दिँदै पाठक तथा श्रोताहरुले रुचाउने विषयलाई प्रकाशन प्रशारणमा ल्याउन सकेमात्र अबको पत्रकारिताको भविष्य सुनिश्चित हुने बताउनुभयो ।

कार्यक्रममा प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेल, नेपाल पत्रकार महासंघका गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेल, महासचिब गणेश पौडेल, नेपाल पत्रकार महासंघ पर्वतका संस्थापक अध्यक्ष भोलानाथ शर्मा, निवर्तमान अध्यक्ष दुर्गाप्रसाद शर्मा, पूर्व अध्यक्ष ओमप्रसाद घायल, प्रेस संगठनका केन्द्रीय सदस्य गणेश पौडेल, सन्तोष थापा, प्रेम युनियनका अध्यक्ष माया अधिकारी, प्रेस संगठनका सहसंयोजक राजबाबु पिसी, क्रान्तिकारी पत्रकार महासंघका प्रदेश कमिटि अध्यक्ष गोपाल जिसी, क्रान्तिकारी पत्रकार संघका केन्द्रीय सचिब बैकुण्ठ गिरी, सम्मानित पत्रकार तथा साहित्यकार इन्द्रकुमार विकल्प, नेपाली लेखक संघका केन्द्रीय सदस्य सरस्ववती शर्मा जिज्ञासु  लगायतले बोल्नुभएको थियो । पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष प्रनिश गिरी र संचालन सचिब गणेश गिरीले गर्नुभएको थियो । सो अवसरमा पत्रकार महासंघ पर्वतका संस्थापकहरुलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो ।भने चित्रे ग्रामीण पर्यटन होम स्टेका अध्इक्ष शुशिलादेवी गुरुङ र शिक्षक मधुसुदन अधिकारीलाई पनि सम्मान गरिएको थियो । पत्रकार महासंघले प्रदान गर्दै आएको  पत्रकारिता पुरस्कारवाट साहित्यकार तथा पत्रकार इन्द्रकुमार विकल्प र स्वर्गिय पत्रकार महेन्द्र केसी (मरणोपरान्त)लाई प्रदान गरिएको थियो ।