राजनीति

पर्वतका सातै तहमा सकियो काँग्रेस अधिवेशन, यि हुन् निर्वाचित सभापति

By लोकतन्त्र अनलाईन

September 28, 2021

पर्वत- पर्वतको पैयुँ गाउँपालिकामा आज नयाँ नेतृत्व चयन भएसंगै पर्वतका सबै स्थानीय तहमा नेपाली काँग्रेसको पालिका स्तरीय अधिबेशन सम्पन्न भएको छ । १४ आँैँ महाधिबेशन अन्तर्गत आज पैयुँमा भएको अधिबेशनबाट सभापतिमा डम्बर प्रधान विजयी हुनुभएको छ । प्रधानले तोयानाथ भुसाललाई ६ मतान्तरले पराजित गर्नुभएको छ । कुल खसेको मत १ सय १७ मध्ये प्रधानले ५७ र भुसालले ५१ मत प्राप्त गर्नुभएको छ । ८ मत बदर भएका थिए । उपसभापतिमा थानप्रसाद भुसालले ७७ र लिला तिवारीले ५०, सचिवमा मिनप्रसाद न्यौपानेले ७२ र रामप्रसाद भुर्तेलले ४८ मत प्राप्त गरि विजयी हुनुभएको छ । सहसचिवमा रेखा भुसालले ७३ र लेखनाथ भुसालले ६४ मत प्राप्त गरि विजयी हुनुभयो । गाउँ कार्यसमितिका अरु पदमा निर्विरोध प्रथितनिधी छनौट भएका छन् । यसरी सातै पालिकामा नयाँ कार्यसमिति बनेको हो । कुश्मा नगरपालिकामा किशोर भण्डारी, फलेवासमा हिरामणी सापकोटा, जलजलामा ईन्दुप्रकाश पौडेल, मोदीमा निर्देश लामिछाने, महाशिलामा उज्जल गुरुङ र विहादीमा विष्णु भुसालको नेतृत्वमा कार्यसमिति चयन भएको छ । अब क्षेत्रीय र जिल्ला अधिबेशन दशैँ पछि गर्ने केन्द्रिय कार्यसमितिको तयारी छ । जिल्ला र क्षेत्रीय अधिबेशन पश्चात प्रदेश अधिबेशन हुनेछ भने त्यसपछि केन्द्रिय अधिबेशन हुनेछ ।