पर्वतको फलेवासका सवै वडामा मेलमिलाप केन्द्र विस्तार गरिँदै - News site from Nepal

पर्वत- पर्वतको फलेवास नगरपालिकाका सवै वडामा मेलमिलाप केन्द्र स्थापना गरिने भएको छ ।
श्ुरुवातमा खानीगाउँ, मुडिकुवा र देविस्थानमा मेलमिलाप केन्द्र स्थापना गरिने भएको हो । ती केन्द्रका लागि आवश्यक सामाग्रीहरु हस्तान्तरण गरि आइतवारदेखि अभियान थालिएको छ ।
समाजमा हुने द्वन्द्व व्यवस्थापन गर्ने र मेलमिलापको माध्यमवाट सभ्य समाज स्थापना गर्ने उद्धेश्यले नगरका ११ वटै वडामा मेलमिलाप केन्द्र स्थापना गर्ने अभियान शुरु गरिएको छ । फलेवास नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक मन्जु अधिकारीले वडा नं. ५ खानीगाउँको वडा कार्यालयमा वोर्ड राखेर वडा तहमा मेलमिलाप केन्द्र विस्तारको आरम्भ गर्नुभएको छ । यस अघि नगरपालिकाको कार्यालयमा आयोजित एक कार्यक्रममा वडा स्तरमा स्थापना हुने मेलमेलाप केन्द्रका लागि आवश्यक सामाग्री हस्तान्तरण गरिएको थियो ।
सामाग्री हस्तान्तरण गर्दै उपपप्रमुख अधिकारीले सामाजमा शान्ति, सुरक्षा र अमनचयन कायम गर्न सक्रिय भएर लाग्न जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो ।

उहाँले मेलमिलापबाट नै सभ्य समाज निर्माण गर्न सकिने भएकाले नगरपालिका विशेष योजना सहित अघि बडिरहेको उहाँको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!