पर्वतका ६ पालिकामा काँग्रेसको निर्वाचन सकियो, पैंयुँमा आज, हेरौ कुन पालिकामा कसको नेतृत्व - News site from Nepal

पर्वत- नेपाली काँग्रेसको १४ औँ महाधिबेशन अन्तर्गत पर्वतमा पैयुँ गाउँपालिका बाहेक सबै पालिकाको निर्वाचन सम्पन्न भएको छ । कुश्मा नगरपालिकाको सभापतिमा किशोर भण्डारी बिजयी हुनुभएको छ ।
भण्डारीले यदुनाथ शर्मा बास्तोलालाई पराजित गरि बिजयी हुनुभएको हो । भण्डारीले १९८ मत ल्याएर विजयी हुनुभएको हो भने बास्तोलाले १३१ मत ल्याउनुभयो । उपसभापतिमा राजन जोशीले १२६ मत र कमलकान्त पाध्याले ११२ मत ल्याइ बिजयी हुनुभयो । सचिवमा आरसी पौडेलले १२६ र उत्तम ढकालले १११ मत ल्याएर बिजयी हुनुभयो । सहसचिवमा पुस्कल शर्माले १७७ र शम्भुकुमार जोशीले १२४ मत ल्याएर बिजयी हुनुभएको छ ।
पर्वतको फलेवास नगरपालिकाको सभापतिमा हिरामणी सापकोटा विजयी हुनुभएको छ । सापकोटाले १४३ मत ल्याई विजयी हुँदा थमानसिँह थापाले ७६ मत प्राप्त गरि पराजित हुनुभएको छ । उपसभापतिमा नन्दलाल शर्मा १२२ र ओम गौडेलले १०३ मत ल्याई विजयी हुनुभएको छ । सचिवमा धनवहादुर थापा १३८ र चित्रप्रसाद शर्माले ११५ मतले विजयी हुनुभएको छ ।
मोदी गाउँपालिकामा निर्देश लामिछानेले ५४ मत ल्याइ सभापतिमा विजयी हुनुभएको छ । सभापतिका उम्मेदवार दिपेन्द्रजंग लामिछानेले ३५ र पदमपाणी शर्माले ३४ मत ल्याइ पराजित हुनुभयो । उपसभापतिमा तिलप्रसाद पौडेल र पार्वती सुबेदी विजयी हुनुभएको छ । सचिवमा कृष्ण मल्ल र जिवन्धर चपागाई बिजयी हुनुभयो ।
जलजला गाउँपालिकामा ईन्दुप्रकाश पौडेल सभापतिमा विजयी हुनुभएको छ । पौडेलले ८१ मत ल्याउनु भएको छ । हरिविकास जिसीले ६६ मत प्राप्त गरी पराजित हुनुभएको छ । उपसभापतिमा सावित्रा खत्री ९६,शशि आचार्य ८५ सचिवमा नविन जिसीले १००,युवराज अर्मजाले ९५, सहसचिवमा रामकुमार पौडेल ६३, डम्बर विकले ६९ मत प्राप्त गरेर विजयी हुनुभएको निर्वाचन अधिकृत भवानी संकर पौडेलले जानकारी दिनुभयो । अन्य सदस्यहरुमा भने सहमति कायम गरी टुंगाइएको हो ।
पैयुँ गाउँपालिकामा भने आईतवार अधिबेशन उद्घाटन र उम्मेदवारी दर्ता भएको छ । पैयुँमा सभापतिमा तोयानाथ भुसाल र डम्बर प्रधानका बिचमा निर्वाचन हुने भएको छ । अन्य केहि पदमा पनि निर्वाचन हुने संभावना छ । सहमतीको प्रयास भएपनि उम्मेदवारहरु टसमस नभएपछि सोमवार ८ बजेबाट निर्वाचन गर्ने तयारी रहेको पैयुँ गाउँपालिकाका अध्यक्ष समेत रहेका काँग्रेस नेता खगेन्द्रप्रसाद तिवारीले जानकारी दिनुभयो ।
महाशिलामा उज्जल गुरुङ र विहादीमा विष्णु भुसालको नेतृत्वमा नयाँ नेतृत्व चयन भैसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!