पर्वतको पिपलटारी आधारभुत विद्यालयका विद्यार्थीलाई न्यानो लुगा र शैक्षिक सामाग्री वितरण - News site from Nepal

पर्वत- लायन्स क्लव अफ पोखरा न्यू भिजनद्धारा पर्वतको कुश्मा नगरपालिका वडा नं. १० स्थित पिपलटारी आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थी तथा शिक्षकहरुको लागि न्यानो कपडा, शैक्षिक सामाग्री, खेलकुद सामाग्री तथा झोला र स्वास्थ्य सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।
विपन्न तथा असहाय विद्यार्थीहरु रहेको उक्त विद्यालयमा केहि राहत पुगोस भन्ने उदेश्यले क्लवका पदाधिकारीहरु विद्यालयमै पुगेर सामाग्रीहरु वितरण गरेका हुन् । क्लवका अध्यक्ष राजकुमार घिमीरेको अध्यक्षतामा सम्पन्न सामाग्री वितरण कार्यक्रममा बोल्दै कुश्मा नगरपालिका वडा नं. १० का अध्यक्ष सुजन विक अमरले नगरभित्रै भएरपनि पिछडिएको विद्यालयका विद्यार्थीहरुलाई विभन्न सामाग्रीहरु सहयोग गरेकोमा क्लवलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता खालका कार्यक्रमहरुलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा जनक माविका शिक्षक भिमराज सापकोटा, स्वास्थ्य चौकी इन्चार्ज रामबहादुर खड्का क्लवका भिम विश्वकर्मा लगायतले बोल्नुभएको थियो ।
कार्यक्रमको संचालन क्लवका तृतिय उपाध्यक्ष सुरेन्द्रबहादुर विकले गर्नुभएको थियो भने विद्यालयका भुपु प्रअ रामप्रसाद तिवारीले स्वागत र धन्यवाद ज्ञापन प्रद्यानाध्याक मिना सुवेदी सापकोटाले गर्नुभएको थियो ।
सो अवसरमा २६ जना विद्यार्थी, ४ जना विद्यालयका शिक्षकहरुलाई सामाग्रीहरु वितरण गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!