पर्वतको विहादीमा काँग्रेस सभापतिमा विष्णु भुसाल बिजयी - News site from Nepal
पर्वतको विहादीमा काँग्रेस सभापतिमा विष्णु भुसाल बिजयी

पर्वत- नेपाली काँग्रेस विहादी गाउँपालिका पर्वतको सभातिमा विष्णु भुसाल निर्वाचित हुनुभएको छ । भुसालले ६५ मत प्राप्त गरी बिजयी हुनुभएको हो । उहाँका प्रतिद्धन्द्धी राम पराजुलीले ३८ मत प्राप्त गर्नुभएको छ । मतदानमा कुल १ सय ३ मत खसेको थियो ।
यसैबीच नेपाली काँग्रेसको पालिका स्तरीय अधिबेशन पर्वतका ७ वटा स्थानीय तहमा शुरु भएको छ । केहि पालिकामा सभापति बाहेक अरु पदहरुमा सर्वसम्मत प्रतिनिधी चयन भएका छन् भने अधिकाँशमा आज मनोनयन दर्ता मात्रै भएको छ ।
निर्वाचन अधिकृत नविन क्षेत्रीले आधिकारिक रुपमा सर्वसम्मत भएका प्रतिनिधीहरुको नामावली अहिले नै घोषणा नगरिएको बताउनुभयो । पहिलो मत सभापति भुसालले खसाल्नुभएको थियो । कुश्मा नगरपालिकामा सभापतिमा ७ जना, उपसभापतिमा ६ जना, सचिवमा ७ जना र सहसचिवमा पनि ७ जनाको उम्मेदवारी परेको छ । नगर कार्यसमितिमा भने क्षेत्रीय प्रतिनिधी २ जना चयन हुनेमा भावना शर्मा र गोपालदास बैरागी निविरोध भएका छन् । ४२ जना सदस्यहरु सबै निर्विरोध चयन भएका छन् । दलित महिला ३ जना चाहिनेमा २ जनाको उम्मेदवारी परेपछि २ जना, दलित खुल्ला तर्फ ४ जना हुनेमा २ जनाको मात्रै उम्मेदवारी परेपछि उनीहरु सर्वसम्मत भएका छन् । खस आर्य खुल्ला तर्फ ९ जना हुनेमा चार जनाको मात्रै उम्मेदवारी परेपछि उनीहरु सर्वसम्मत भएका छन् । खस आर्य ८ जान महिलाको कोटामा एकजनाको पनि उम्मेदवारी नपरेको निर्वाचन अधिकृत देवराज पौडेलले जानकारी दिनुभयो । आदीवासी जनजातीमा एक जना सर्वसम्मत भएका छन् । फलेवास नगरपालिकामा सभापतिमा ४ जनाको उम्मेदवारी परेको छ । उपसभापतिमा ४ जना, सचिवमा ५ जना र सहसचिवमा २ जनाको उम्मेदवारी दर्ता भएको छ । फलेवास नगर कार्यसमितिको दलित सदस्यमा देविकुमारी विक, माया नेपाली, अर्जुन विक, किसान परियार सर्वसम्मत हुनुभएको छ । निर्वाचन अधिकृत पूणर्कुमार श्रेष्ठका अनुसार क्षेत्रिय प्रतिनिधीमा जमूनाकुमारी शर्मा र गणेशबहादुर थापा चयन हुनुभएको छ । पैयुँ गाउँपालिकामा भने पालिका समिति सर्वसम्मतीमा चयन गरेर मात्रै अधिबेशन उद्घाटन गर्ने प्रयास असफल भएपछि आज अधिबेशन नै उद्घाटन हुन सकेन । भोली २ बजे मात्रै अधिबेशन उद्घाटन गर्ने तयारी रहेको छ । महाशिला गाउँपालिकामा सबै जसो पदमा मतदान गर्नुपर्ने अवस्था देखिएको छ । सभापतिमा कृष्ण गुरुङ उज्वल र डिल्लीराम उपाध्याय भिड्दै हुनुहुन्छ । मोदी गाउँपालिकामा आज मनोनयन दर्ता मात्रै भएको छ । सभापतिमा चार जनाको उम्मेदवारी दर्ता भएको छ भने अन्य पदमा पनि सर्वसम्मत हुने संभावना देखिएको छैन । तर सहमतीको प्रयास भैरहेको सभापति जीवनाथ शर्माले जानकारी दिनुभयो । जलजला गाउँपालिकामा सभापतिमा ७ जनाको उम्मेदवारी दर्ता भएको छ । अन्य पदमा पनि आकांक्षीमा पनि सर्वसम्मत हुन सकेको छैन । भोली ११ बजेसम्म उम्मेदवारी फिर्ता गर्न समय दिईएको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!