एलआईसी नेपाल पर्वतका एजेन्सी म्यानेजर अधिकारी सम्मानित - News site from Nepal
एलआईसी नेपाल पर्वतका एजेन्सी म्यानेजर अधिकारी सम्मानित

पर्वत-एलआईसी नेपाल पर्वतका एजेन्सी म्यानेजर गोविन्द अधिकारी सम्मानित हुनुभएको छ । एलआईसी नेपालको कुश्मा शाखाको उत्कृष्ट अभिकर्ताको रुपमा सम्मान गरिएको हो । उहाँलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
कुश्मा शाखाद्धारा आयोजित विशेष समारोहमा एलआइसी नेपालका कार्यकारी अधिकृत एलपि दासले अधिकारीलाई सम्मान गर्नुभएको थियो । त्यसैगरी अधिकारीलाई बागलुङमा पनि सम्मान गरिएको हो ।
त्यसैगरी छिमेकी जिल्ला बागलुमा अभिकर्ता उत्प्रेरणामुलक प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको एलआईसी नेपालका कार्यकारी अधिकृत एलपी दासले उद्घाटन गर्नुभयो । प्रशिक्षण कार्यक्रमको गण्डकी प्रदेश प्रमुख सिर्खण्ड श्रेष्ठ र पोखरा शाखाका प्रवन्धक हरि शर्मा पौडेलले सहजीकरण गर्नुभएको थियो ।


कार्यक्रम पर्वत, बागलुङ र म्याग्दी शाखाले संयुक्त रुपमा आयोजना गरेका हुन् । कार्यक्रममा बागलुङ शाखाकी एजेन्सी म्यानेजर राममाया घिमीरे बागलुङ शाखाको उत्कृष्ट काम गरेवापत सम्मानित हुनुभएको थियो । त्यसैगरी तीनवटै शाखाका द्धितिय र तृतिय रुपमा काम गर्नेलाई पनि सम्मान गरिएको हो । कार्यक्रममा पेशागत विमा अभिकर्ता संघ पर्वतका अध्यक्ष गोविन्द अधिकारी, बागलुङका अध्यक्ष रामकाजी भण्डारी, एजेन्सी म्यानेजर अर्जून घिमिरे र प्रकाश जिसी लगायतले बोल्नुभएको थियो ।
कार्यक्रमको संचालन बागलुङ शाखाका शाखा प्रमुख नबराज सुवेदीले र राममाया घिमीरेले स्वागत गर्नुभएको थियो । कार्यक्रममा एलआईसी नेपालका कार्यकारी अधिकृत एलपी दासले यो कम्पनीले नयाँ नयाँ पोलिसिहरु अगाडि सार्दै गएको बताउँदै जीवन छदा पनि र मृत्युपछि पनि विमाको भूमिका महत्वपुणर् हुने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!