जनता समाजवादी पार्टीको कुश्मा नगर भेला सम्पन्न - News site from Nepal
जनता समाजवादी पार्टीको कुश्मा नगर भेला सम्पन्न

पर्वत – जनता समाजवादी पार्टी नेपाल कुश्मा नगरपालिकाको भेला कुश्माबजारमा सम्पन्न भयको छ
कार्यक्रममा बोल्दै जसपाका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सह इन्चार्ज एंव उर्जा जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यले मुलुकको अग्रगामी विकास र संविधानको रक्षाका लागि अहिलेको गठवन्धन टिकाईराख्नुपर्नेमा जोड दिनुभएको छ ।
अघिल्लो सरकारले गरेका गलत कृयाकलाप रोक्नका लागि पाँच दलिय गठवन्धन बनेको बताउँदै यो गठवन्धन आगामी चुनावसम्मै कायम रहने बताउनुभयो । उहाँले मुलुकको विकासका लागि दलहरुबीचको एकता अपरिहार्य रहेको बताउँदै जसपा पनि संघ र प्रदेश सवै सरकारमा सहभागि भएर रचनात्मक भूमिका निर्वाह गरेको बताउनुभयो ।
कार्यक्रममा जसपाका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश कमिटिका अध्यक्ष मोती प्रसाद रिजाल, केन्द्रीय सदस्य महेन्द्र जिसि, केन्द्रीय सदस्य ढाकाराम गौतम, समाजवादी बिद्यार्थीका उपाध्यक्ष नेत्र प्रसाद चापागाई लगायतले बोल्नुभएको थियो ।
भेलाले मोहदत्त अधिकारीको अध्यक्षतामा २५ सदस्यीय नगर समिति गठन गरेको छ । त्यसैगरि भेलाले समाजवादी महिला संघमा रोसनी कुँवरको अध्यक्ष र सुर्य कुमारी अधिकारीको उपाध्यक्ष रहेको १५ सदस्यीय कमिटि गठन गरेको छ ।
कार्यक्रममा नेपाली काँग्रेस वाड नम्बर ८ चुवाका सहसचिब पद परित्याग गरि रामचन्द्र उपाध्यायको नेतृत्वमा राजेन्द्र नेपाली लगायत करिब ११ जना, नेकपा एमाले पार्टी परित्याग गरि भिमबहादुर नेपाली (बुदे)को नेतृत्वमा १३ जना र नेकपा माओवादी केन्द्रका सीता सापकोटा र सुर्य कुमारी अधिकारीको नेतृत्वमा देबि कँुवर, रामप्रसाद सुवेदी, सीता कुँवर, मनोज सुबेदी, बिण्णु सुवेदी, तुलसी अर्याल, अनिल कँुवर, इन्दिरा कुँवर लगायत २२ जनाले माओवादी परित्याग जनता समाजवादी पार्टीमा प्रवेश गरेको समाजवादीका नेता ढाकाराम गौतमले जानकारी दिनुभयो ।
भेलाबाट निर्बाचित कमिटिलाई वधाई तथा शुभकामना मनतब्य सुनिल पौडेले दिनु भयो ।
समाजवादीका जिल्ला अध्यक्ष देबिकुमारी क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन बालकृष्ण गौतमले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!