पर्वत काँग्रेसले दिवंगत नेताहरुको तस्विर पार्टी कार्यालयमा टाँग्ने - News site from Nepal

पर्वत- नेपाली काँग्रेस पर्वतले नेपाल सरकारले घोषणा गरेका शहिद तथा पार्टीका लागि त्याग गर्ने स्वर्गिय नेताहरुको तस्विर नवनिर्मित पार्टी कार्यालयमा राख्ने निणर्य गरेको छ ।
जिल्ला कार्यसमितिको हिजोको बैठकमा यस्तो निणर्य भएको हो । जिल्ला सभापति खिमप्रसाद भुसालका अनुसार राज्य र विद्रोही पक्षबाट मारिएका व्याक्तिहरुलाई सरकारले शहीद घोषणा गरेका लाई पार्टी कार्यालयमा फोटो राख्ने निणर्य भएको हो ।
फलेवास नगरपालिका ३ का शहीद हरिदत्त तिवारी र भोजराज भुसाल, कुश्मा नगरपालिका १ पाङका गोबिन्दनाथ शर्मा, महाशिला ५ का तत्कालिन तरुण दलका अध्यक्ष चन्द्रबहादुर उचै ठकुरी, मोदी ६ गिज्यानका क्याप्टेन देववहादुर हमाल, पाङका बलवहादुर क्षेत्रीको फोटो पार्टी कार्यालयमा राख्ने भुसालले बताउनुभयो ।
शहीदहरुको सम्मानका लागि फोटो राख्ने निणर्य भएको भुसालले बताउनुभयो । यस्तै प्रजातन्त्रबादी र समाजसेवी नेता अमृतप्रसाद जोशीको पनि फोटो सभापतिको कार्यकक्षमा राखिने भएको छ । नेपाली काँग्रेसले पार्टी कार्यालय रहेको चोकलाई बीपीचोक र बन्जिजम्प देखि पार्टी कार्यालय हुँदै पुरानो बजार जाने सडकलाई बीपी मार्ग नामाकरण गर्ने निणर्य गरेको छ ।
नेपाली काँग्रेसको १४ औँ महाधिबेशन लाई एकता महाधिबेशनको रुपमा सम्पन्न गर्न पार्टीले निणर्य गरेको सभापति भुसालले बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!